१ वैशाख, हेटौँडा । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने मकवानपुरका दलहरुले आफ्ना दलीय एजेण्डाहरुमा २० तल्ले टावर देखि सुरुङ मार्गसम्मको विषयलाई समेटेका छन् ।
रेडीयो थाहा सञ्चारले हेटौँडामा आयोजना गरेको स्थानीय निर्वाचनमा दलहरुको एजेण्डाको विषयको कार्यक्रममा बोल्दै मकवानपुरे दलका प्रमुख राजनीतिक दलका नेताहरुले निकै महत्वकांक्षी योजनाहरु प्रस्तुत गरेका छन् । कर्यक्रममा दलहरुले आफ्ना विशेष योजनाहरु सुनाएका छन् ।
विष्णु लामिछाने : कार्यवाहक सभापति, नेपाली कांग्रेस मकवानपुर
– गाउँपालिका र नगरमा ज्येष्ठ नागरिकका लागि सुविधा सम्पन्न बृद्धाश्रमको व्यवस्था
– एक गाउँ, एक प्राविधिक शिक्षा
– जिल्लालाई पर्यटन नगरि बनाउने
– सुविधा सम्पन्न अस्पतालको स्थापना
– जग्गा प्लटीङको अन्त्य, एकिकृत बस्ति विकास
– सडक सुविधालाई बढाउने
मुनु सिग्देल : अध्यक्ष, नेकपा एमाले मकवानपुर
– प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षा, पूर्ण निशुल्क शिक्षाको ब्यवस्था
– प्रत्येक गाउँपालिकामा आन्तरिक पर्यटन उद्योगको स्थापना, उत्तरी मकवानपुरलाई नेपालकै ठुलो पर्यटकीय स्थल बनाउने
– जिल्लाभर सुविधासम्पन्न सडक विस्तार
– एक गाउँ एक उत्पादन
– सुविधासम्पन्न एकिकृत बस्ती विकासको योजना
– हेटौँडालाई नमुना सहरको रुपमा विकासको योजना
– महिलाहरुलाई स्थानीय तहको प्रमुख स्थानमा लैजाने
प्रेमबहादुर पुलामीः संयोजक, नेकपा माओवादी केन्द्र मकवानपुर
– सबै गाउँपालिकामा प्राविधिक शिक्षा
– सके रोजगारी, नत्र बेरोजगार भत्ता
– किसानलाई कृषि पेन्सन
– भिमफेदी–कुलेखानी सुरुङ मार्ग
– फ्रि वाईफाई तथा आन्तरिक पर्यटन उद्योग
– जिल्लाभरी सुविधासम्पन्न सडक सञ्जाल
रामहरी न्यौपाने : अध्यक्ष राप्रपा मकवानपुर
– हेटौँडामा चक्रपथको निर्माण
– ३ सय शैयाको अस्पताल निर्माण
– औद्योगिक क्षेत्र स्थापनामा पहल
– गाउँपालिकामा प्राविधिक शिक्षा
– सुविधा सम्पन्न सडक सञ्चालन
भिमसेन महत : सचिव, नेकपा माले मकवानपुर
– हेटौँडा नगरलाई पर्यटकीय विकासको लागि २० तल्ले भ्यु टावर निर्माण गरिने छ ।
– रापती खोलाको चौकिटोलबाट बसामाडी लेबट सम्म बाँध बाँधेर उक्त क्षेत्रमा एकिकृत बस्ती र पर्यटकीय क्षेत्र बनाईने
– जिल्लालाई पर्यटकीय योजना बनाउनको लागि गुरुयोजना निर्माण, गुम्वाडाँडालाई कलाको पर्यटकीय स्थाल बनाउने
– सुविधासम्पन्न अण्डरग्राउण्ड पार्कीङको सुरुवात
विवेक वाईवा : जिल्ला सहसंयोजक, नयाँ शक्ति पार्टी मकवानपुर
– पर्यटनको विकासको लागि नयाँशक्तिले जिल्लाको आन्तरिक र वाह्य पर्यटन विकासको लागि योजनाहरु निर्माण गर्ने
– शिक्षा तथा स्वास्थको क्षेत्रमा विशेष प्याकेजहरुको योजना लागु गरिने
– जिल्लालाई औद्योगिक क्षेत्र बनाउनको लागि पहल गर्नेछौ
– सात प्रदेशमा सात मेघा प्रोजेट स्थापना गर्ने योजना अनुसार मकवानपुरमा मेघा प्रोजेटको सुरुवात
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...











-nepal-1792111426.jpg)






