Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरे दलहरुको चुनावी एजेण्डा : २० तल्ले टावर देखि सुरुङ मार्गसम्म

eyjwnda-1492149591.jpg

१ वैशाख, हेटौँडा । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने मकवानपुरका दलहरुले आफ्ना दलीय एजेण्डाहरुमा २० तल्ले टावर देखि सुरुङ मार्गसम्मको विषयलाई समेटेका छन् ।
रेडीयो थाहा सञ्चारले हेटौँडामा आयोजना गरेको स्थानीय निर्वाचनमा दलहरुको एजेण्डाको विषयको कार्यक्रममा बोल्दै मकवानपुरे दलका प्रमुख राजनीतिक दलका नेताहरुले निकै महत्वकांक्षी योजनाहरु प्रस्तुत गरेका छन् । कर्यक्रममा दलहरुले आफ्ना विशेष योजनाहरु सुनाएका छन् ।

विष्णु लामिछाने : कार्यवाहक सभापति, नेपाली कांग्रेस मकवानपुर

– गाउँपालिका र नगरमा ज्येष्ठ नागरिकका लागि सुविधा सम्पन्न बृद्धाश्रमको व्यवस्था
– एक गाउँ, एक प्राविधिक शिक्षा
– जिल्लालाई पर्यटन नगरि बनाउने
– सुविधा सम्पन्न अस्पतालको स्थापना
– जग्गा प्लटीङको अन्त्य, एकिकृत बस्ति विकास
– सडक सुविधालाई बढाउने

मुनु सिग्देल : अध्यक्ष, नेकपा एमाले मकवानपुर
– प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षा, पूर्ण निशुल्क शिक्षाको ब्यवस्था 
– प्रत्येक गाउँपालिकामा आन्तरिक पर्यटन उद्योगको स्थापना, उत्तरी मकवानपुरलाई नेपालकै ठुलो पर्यटकीय स्थल बनाउने
– जिल्लाभर सुविधासम्पन्न सडक विस्तार
– एक गाउँ एक उत्पादन
– सुविधासम्पन्न एकिकृत बस्ती विकासको योजना
– हेटौँडालाई नमुना सहरको रुपमा विकासको योजना
– महिलाहरुलाई स्थानीय तहको प्रमुख स्थानमा लैजाने

प्रेमबहादुर पुलामीः संयोजक, नेकपा माओवादी केन्द्र मकवानपुर
– सबै गाउँपालिकामा प्राविधिक शिक्षा
– सके रोजगारी, नत्र बेरोजगार भत्ता
– किसानलाई कृषि पेन्सन
– भिमफेदी–कुलेखानी सुरुङ मार्ग
– फ्रि वाईफाई तथा आन्तरिक पर्यटन उद्योग
– जिल्लाभरी सुविधासम्पन्न सडक सञ्जाल

रामहरी न्यौपाने : अध्यक्ष राप्रपा मकवानपुर
– हेटौँडामा चक्रपथको निर्माण
– ३ सय शैयाको अस्पताल निर्माण
– औद्योगिक क्षेत्र स्थापनामा पहल
– गाउँपालिकामा प्राविधिक शिक्षा
– सुविधा सम्पन्न सडक सञ्चालन

भिमसेन महत : सचिव, नेकपा माले मकवानपुर
– हेटौँडा नगरलाई पर्यटकीय विकासको लागि २० तल्ले भ्यु टावर निर्माण गरिने छ ।
– रापती खोलाको चौकिटोलबाट बसामाडी लेबट सम्म बाँध बाँधेर उक्त क्षेत्रमा एकिकृत बस्ती र पर्यटकीय क्षेत्र बनाईने
– जिल्लालाई पर्यटकीय योजना बनाउनको लागि गुरुयोजना निर्माण, गुम्वाडाँडालाई कलाको पर्यटकीय स्थाल बनाउने
– सुविधासम्पन्न अण्डरग्राउण्ड पार्कीङको सुरुवात

विवेक वाईवा : जिल्ला सहसंयोजक, नयाँ शक्ति पार्टी मकवानपुर
– पर्यटनको विकासको लागि नयाँशक्तिले जिल्लाको आन्तरिक र वाह्य पर्यटन विकासको लागि योजनाहरु निर्माण गर्ने
– शिक्षा तथा स्वास्थको क्षेत्रमा विशेष प्याकेजहरुको योजना लागु गरिने
– जिल्लालाई औद्योगिक क्षेत्र बनाउनको लागि पहल गर्नेछौ
– सात प्रदेशमा सात मेघा प्रोजेट स्थापना गर्ने योजना अनुसार मकवानपुरमा मेघा प्रोजेटको सुरुवात


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार