१० बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा भारतमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।
दक्षिण एसियामा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा ६ सय ४५ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप ५३ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या ६ सय ४५ पुगेको हो ।
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या २० हजार ८० पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ १ हजार ५ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा ३ हजार ९ सय ७५ जना उपचारपछि स्वस्थ्य भएका छन् ।
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म २ सय १ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा २५ जनाको ज्यान गएको छ ।
यस्तै थप ६ सय ७३ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या ९ हजार ५ सय ६५ पुगेको छ ।
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट १ सय १० जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ८२ जना संक्रमित भएका छन् । वितेको २४ घण्टामा यहाँ थप ९ जनाको ज्यान गएको छ भने ४ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने ३ सय १० जना संक्रमित छन् । यहाँ पछिल्लो समय ६ जना नयाँ संक्रमित थपिएका छन् ।
दक्षिण एसियाली मुलुक माल्दिभ्स, र नेपालमा कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । तर यी दुई मुलुमा पछिल्लो समय संक्रमितको संखया विस्तारै बढीरहेको छ ।
कोरोना संक्रमणबाट माल्दिभ्समा अहिले सम्म ८६ जना संक्रमित भइसकेका छन् । यहाँ पछिल्लो समय १७ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । पछिललो २४ घण्टामा नेपालमा ११ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म ५ जना उपचार पछि निको भएका छन् ।
भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर रहेको मा पछिल्लो २४ घण्टामा एकजना नयाँ संक्रमित थपिएपछि यहाँ कुल संक्रमितको संख्या ६ पुगेको छ । भुटानमा दुईजना उपचारपछि निको भएका छन भने ४ जनाको उपचार चलिरहेको छ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

