१० बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा भारतमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।
दक्षिण एसियामा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा ६ सय ४५ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप ५३ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या ६ सय ४५ पुगेको हो ।
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या २० हजार ८० पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ १ हजार ५ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा ३ हजार ९ सय ७५ जना उपचारपछि स्वस्थ्य भएका छन् ।
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म २ सय १ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा २५ जनाको ज्यान गएको छ ।
यस्तै थप ६ सय ७३ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या ९ हजार ५ सय ६५ पुगेको छ ।
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट १ सय १० जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ८२ जना संक्रमित भएका छन् । वितेको २४ घण्टामा यहाँ थप ९ जनाको ज्यान गएको छ भने ४ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने ३ सय १० जना संक्रमित छन् । यहाँ पछिल्लो समय ६ जना नयाँ संक्रमित थपिएका छन् ।
दक्षिण एसियाली मुलुक माल्दिभ्स, र नेपालमा कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । तर यी दुई मुलुमा पछिल्लो समय संक्रमितको संखया विस्तारै बढीरहेको छ ।
कोरोना संक्रमणबाट माल्दिभ्समा अहिले सम्म ८६ जना संक्रमित भइसकेका छन् । यहाँ पछिल्लो समय १७ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । पछिललो २४ घण्टामा नेपालमा ११ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म ५ जना उपचार पछि निको भएका छन् ।
भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर रहेको मा पछिल्लो २४ घण्टामा एकजना नयाँ संक्रमित थपिएपछि यहाँ कुल संक्रमितको संख्या ६ पुगेको छ । भुटानमा दुईजना उपचारपछि निको भएका छन भने ४ जनाको उपचार चलिरहेको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















