Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा वडा अध्यक्षकै नेतृत्वमा तरकारी बजार बन्द (तस्विरहरु)

T3-1587610440.jpg

११ बैशाख, हेटौंडा । अत्याधिक भिड बढेपछि हेटौंडा-१० टिसिएनमा रहेको तरकारी बजार विहिबार विहानै बन्द गरिएको छ । भिडका कारण कोरोना संक्रमण जोखिम बढेको भन्दै हेटौंडा–१० का वडा अध्यक्ष कितावसिं लामाको नेतृत्वमा नेत्रज्योति टोल विकास संस्था र टिसिएन युथ क्लवले तरकारी बजार बन्द गराएको हो ।

भारतबाट समेत तरकारी विक्रेता आएको, सुरक्षाको कुनै व्यवस्था नभएको, भौतिक दुरी समय काम नभएको, सेनेटाईजर, साबुनपानी लगायतका कुनै प्रवन्ध नभएको भन्दै टोलबासीको सुरक्षाका लागि बन्द गर्नु परेको टिसिएन युथ क्लवका उपाध्यक्ष विक्रान्त बस्नेतले जानकारी दिए । प्रशासनलाई तरकारी बजारलाई व्यस्थित गर्न आग्रह गरिएको र त्यहाँबाट थप निर्णय भएपछि सोही अनुसार बजार संचालन हुने उनको भनाई छ । स्थानीयले तरकारी बजारमा तगारो राखेर प्रवेशमा रोक लगाएका छन् । 

समय नै नदिई एक्कासी आएर बजार बन्द गरेको भन्दै नेपाल फलफुल तथा तकारी व्यवसायी संघ मकवानपुरका सल्लाहकार कमलकुमार रौनियारले भने असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने–‘हामीलाई जानकारी गराएर समय दिएको भए यसलाई व्यवस्थित गर्न सकिने अवस्था थियो ।’–उनले भने–‘एक्कासी बन्द गर्दा व्यवसायीलाई त मार पर्यो नै उपभोक्ता समेत रित्तो हात फर्कन बाध्य भए ।’ तरकारी व्यवसायी दशरथ महर्जनले हुकुमी शैलीमा आएर व्यवसायीहरुलाई भित्र्र राखेर बन्द गरेको भन्दै असन्तुष्टि व्यक्र गरे ।

यसअघि स्कूलरोडमा पनि भिड बढेपछि पसल बन्द गराई थोक विक्रि मात्रै गर्न दिईएको थियो । मकवानपुर उद्योग बाणिज्य संघको समन्वयमा ठेलामार्फत टोल टोलमा तरकारी पुर्याउने व्यवस्था मिलाईएपनि केही दिन भन्दा टिक्न सकेन । ठेला व्यापारीहरु बजारकै सडकमा भिड गरेर व्यापार गरेपछि तरकारी किन्न सर्वसाधारण बजार नै पुग्नुपर्ने अवस्था आएको थियो ।

T1-1587610494.jpg
T2-1587610494.jpg
Tarkaari-1587610494.jpg
Tarkaari1-1587610495.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार