Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पदमपोखरीमा एयरपोर्ट बन्छः गृहराज्यमन्त्री बानियाँ

गढीमा २ सय १७ जना काँग्रेस प्रवेश

padampokhari-congress-pro-1492357529.jpg

३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदमपोखरीमा एयरपोर्ट बन्ने बताएका छन् ।
नेपाली काँग्रेस हेटौंडा १३ पदमपोखरीको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै गृहराज्यमन्त्री बानियाँले आईतबार नेपाली काँग्रेस पदमपोखरीमा एयरपोर्ट बनाउन प्रतिबद्ध रहेको बताए । बानियाँले आफूले नागरिक उडड्यनको राज्यमन्त्री हुँदादेखि नै त्यस कार्यालयका प्रमूखलगायत इन्जिनियरहरुसंग निरन्तर सम्पर्कमै रहेको र गृहकार्य अघि बढेको बताउँदै एयरपोर्ट बन्नेमा विश्वस्त रहन आग्रह गरे । गृहराज्यमन्त्री बानियाँले निर्वाचनमा काँग्रेस पछि नहट्ने र बैशाख ३१ मा निर्वाचन हुनेमा ढुक्क रहँदै प्रचारप्रसारमा लाग्न आग्रह गरे ।
साविक पदमपोखरीका सभापति कृष्णबहादुर थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य राजिव सुवेदी, लक्ष्मी थिङ, चम्फुरत्न लामालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
गढीमा २ सय १७ जना काँग्रेस प्रवेश
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको मकवानपुर गढी गाउँपालिकास्तरीय भेला आईतबार आमभञ्ज्याङको डुम्रेकुनामा भएको छ ।
तरुण मकवानपुर गढी गाउँपालिका चुना प्रचारप्रसार समितिका संयोजक सानोकान्छा लामाको सभापतित्व तथा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला भएको थियो । कार्यक्रममा एमाले, राप्रपा, माओवादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी २ सय १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
भेलामा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु सूर्यबहादुर रुम्बा, गोपी अधिकारी, अर्जुन दाहाल, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, सचिव ओमबहादुर बस्नेत, क्षेत्रीय प्रवक्ता पुरुषोत्तम ठकुरी, तरुण नेता राजेश भेटवाल, तरुण १ नम्बर क्षेत्रीय अध्यक्ष दामोदर दाहाल, पार्टी आमभञ्ज्याङ गाविस सभापति यटबहादुर बस्नेत, नेता दोर्जे लामा, तरुण गढी र आमभञ्ज्याङ अध्यक्षद्वय धनबहादुर थिङ र कृष्णहरि हुमागाईलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

tarnu-progam-gadhi-3-gate-1492357529.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार