४ बैशाख, हेटौँडा । मकवानपुरको सुरक्षा संयन्त्रले तीन गाउँपालिकामा निर्वाचनबारे सोमबार अन्तरक्रिया गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वको टोलीले बाग्मती, बकैया र मकवानपुरगढी गाउँपालिकामा पुगेर निर्वाचन तयारीबारे सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । टोलीले विहान बकैया, दिउसो बाग्मति र अपरान्ह मकवानपुरगढीमा अन्तरक्रिया गरेको थियो ।
तीनवटै गाउँपालिकाको कार्यक्रममा मतदान केन्द्र, मतदाता र उम्मेदवारको सुरक्षा, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता, निर्वाचन अधिकृतको कार्यालय स्थापना र मतदानस्थलको अवस्थाबारे गाउँपालिकाका राजनैतिक दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । कार्यक्रममा सहभागी राजनैतिक दलका नेता, प्रस्तावित उम्मेदवार र सर्वसाधारणले निर्वाचन आचारसंहितलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
उनीहरुले मतदाता शिक्षालाई प्रभावकारी ढंगबाट मतदातामाझ पु¥याउनुपर्नेमा जोड दिंदै अन्यथा स्थानीय तहको निर्वाचनमा मत बदर हुने सम्भावना बढि रहेको बताएका थिए । उनीहरुले करिव २ दशकपछि हुन लागेको चुनावको तयारीका लागि राज्य संयन्त्रलाई राजनैतिक दलहरुले सहयोग गर्ने बताएका थिए । उम्मेदवारको सुरक्षामा निष्पक्ष ढंगबाट सुरक्षा संयन्त्रले ध्यान दिनुपर्नेमा राजनैतिक दलका प्रतिनिधिले जोड दिए ।
कार्यक्रममा जिल्ला सुरक्षा समिति संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि गरेको तयारीबारे जानकारी दिएका थिए । उनले निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गर्न सबैको सहयोगमा जोड दिंदै सुरक्षामा आउने कुनै पनि चुनौति सामना गर्न प्रशासनले रणनीति तयार गरेको बताए । उनले मतदाता शिक्षालाई मतदातासम्म पु¥याउन समन्वय गर्ने बताए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी नारायण मैनालीले निर्वाचनको सफलताले स्थानीय तहमा जनप्रतिनिधिको उपस्थिति सशक्त बन्ने भएकाले यसलाई सम्पन्न गर्न दलको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले निर्वाचनको सुरक्षाका लागि पर्याप्त ध्यान दिईने बताउँदै आप्mनो क्षेत्रमा देखा पर्ने सुरक्षा चुनौतिबारे जानकारी दिन राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धानका एसपी विष्णुमणी आचार्य, नयाँ सबुज गण सुपारेटारका सेनानी सुरेश केसी, सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेसका प्रहरी नायव उपरिक्षक त्रिभुवन विष्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, प्रस्तावित उम्मेदवार, मकवानपुर गाउँपालिकाका कार्यकारी अधिकृत मिनराज कोइराला, बकैया गाउँपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र प्रधान, बाग्मति गाउँपालिकाका कार्यकारी अधिकृत भीम परियार, वडा सचिवहरु, मतदाता शिक्षा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



