१३ बैशाख, हेटौंडा । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् ।
हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ ।
हिजरी संवत् १४४१ को हो भने रमजान नवौं महिना हो । यो पर्वमा विहान सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई वर्त बस्ने प्रचलन रहेको छ ।
यस्तै रमजानमा मुसलमानको सबैभन्दा ठूलो धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास सहित अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास पनि गरिन्छ ।
रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु पनि हो ।
रमजानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भएपनि यस वर्ष कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गर्दै छन् ।
कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले लकडाउन लागू गरेकाले त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज आदा गरिदै छ ।
नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले कोरोन भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिइएर सबैलाई घरमै बसेर नमाज आदा गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरिएको बताएका छन् । फोटोः गुगल
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















