१४ बैशाख, हेटौंडा । हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय र एकजना नेपाली युवाको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।
उनका अनुसार वीरगञ्जमा कोरोनाको उपचाररत् पाँचजनाको स्वाब परीक्षण गरिएकोमध्ये चारजनाको रिपोर्ट नेगेटिभ आएको हो । ‘२४ घण्टाको फरकमा दुईपटक गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अब उहाँहरु कोरोना संक्रमणबाट मुक्त हुनुभयो । अब उहाँहरुलाई अस्पतालले डिस्चार्ज गर्छ,’ उनले भने । डा. सेढाईंका अनुसार २४ घण्टाको फरकमा दुईपटक स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै संक्रमण शरीरमा नरहेको पुष्टि हुने भएकाले डिस्चार्ज गर्न सकिन्छ ।
हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोनाको पीसीआर मेसिनद्वारा परीक्षण भइरहेको छ । शनिबार हेटौंडामा पाँचजनाको स्वाब परीक्षण गरिएको थियो । वीरगञ्जस्थित नारायणी अस्पतालका अनुसार अस्पतालमा उपचाररत् ३७, ४४ र ५५ वर्षीय भारतीय तथा १९ वर्षीय रौतहटका एक युवाको रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन उपाध्यायका अनुसार वैशाख १० गते कोरोनाको पुष्टि भएका १४ वर्षीय बालकको रिपोर्ट भने पोजेटिभ नै आएको छ ।
गत चैत २९ गते कोरोना संक्रमण परीक्षणका लागि उनीहरुको स्वाब हेटौंडा ल्याइएको थियो । हेटौंडामा स्वाब परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । चैत ३० गते काठमाडौंले पनि उनीहरुमा कोरोना संक्रमण रहेको थप पुष्टि गरेको थियो । उनीहरुमा कोरोना संक्रमण रहेको प्रमाणित भएसँगै उनीहरुलाई वीरगञ्जको छपकैयाास्थित मस्जिदबाट नारायणी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।
साभार : कान्तिपुर
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
