१५ बैशाख, हेटौंडा । १५ दिनदेखी ज्वरोले थलीएकी १० वर्षिया आफ्नी बहीनी नाजरिन खातुनको उपचारको लागि बीरगन्जको गण्डक अस्पताल पुगेका रियाज खान अस्पतालमा उनको उपचार नहुँदा निराश भए ।
गण्डक अस्पतालले आफुसंग आईसीयु नभएको भन्दै भरतपुर जान सल्लाह दिएपछि उनी बिरामी बहीनी बोकेर भरतपुर पुगे ।
त्याँहा पनि अस्पतालले ज्वरोको बिरामी भर्ना लिन नमाने पछि उनको निराशा झनै बढ्यो । भरतपुरका निजी र सरकारी अस्पताल सबै चहारेका खातुनलाई अस्पतालले रगतको अभाव, आईसीयु उपकरण नभएको बहाना बनाएर फिर्ता पठाएको उनी बताउँछन् ।
बिरामी बहीनी बोकेर घर फर्कन लाग्दा बिचमै हेटौँडा अस्पताल छिरेपछि भने अस्पतालले बहीनीको उपचारका लागि भर्ना लिदाँ उनी निक्कै खुसी भए ।
बिरामी बहीनीको उपचारका लागि ३ दीनसम्म विभिन्न अस्पताल धाउँदा हेटौँडा अस्पतालले भर्ना लिईदिए पछि भने उनी ढृुक्क देखीएका छन् । उनले हेटौंडा अस्पताल प्रशासन र यहाँका चिकीत्सकहरुले देखाएको मानवीयताको प्रसंसा नै गरे ।
पर्सा जिल्ला कालीमाई गाउँपालिकाका–२ की १० बर्षीया नाजरिन खातुनलाई अहीले हेटौंडा अस्पतालले भर्ना लिएर उपचार गरिरहेको छ ।
उनको शरीरमा प्लेटलेट्स, डब्लुबिसी निकै कम भैसकेको थियो । उपचारमा संलग्न डाक्टर राजु सेढाँईका अनुसार उनलाई एप्लाष्टिक एनेमिया भएको छ । नाजरिनको शरीरमा रगत उत्पादन नभएको र रगतमा हेमोग्लोबिन, प्लेटलेट्सको कमी भएको डाक्टर सेढाइ बताउँछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको त्रासले अस्पतालले ज्वरोका विरामी भर्ना नै लिन नचाहाँदा बिरामी र उनका आफन्तले शारीरिक र मानसिक पीडा भोगीरहेका छन् ।
यो विषम परिस्थीतीमा बिरामीकै औषधि उपचारका लागी खोलीएका निजी र सरकारी अस्पतालबाट उपचार सेवा नपाउने वातावरणको अन्त्य गर्न सरकारले तदारुकता देखाउन जरुरी छ ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
