Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कर्राका ३ एमाले युवा नेता काँग्रेस प्रवेश गर्दै

IMG_6036-1492611484.JPG

६ बैशाख, हेटौंडा । एमालेको गढको रुपमा रहेको हेटौंडा–४ कर्राका ३ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

युवा संघ र नेपाल खेलकुद महासंघको विभिन्न जिम्मेवारीमा रहेका उनीहरुले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेको साधारण सदस्य समेत नरहने गरी बुधबारदेखि नै पार्टी छोडेको घोषणा गरेका हुन् ।

युवा संघ हेटौंडा उपमहानगर सहसचिव एवम् खेलकुद महासंघका जिल्ला सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्रीय उपाध्यक्ष युवराज लामा, एमालेका पश्चिम ईलाका कमिटी सदस्य एवम् युवा संघ ३ नम्बर क्षेत्रीय उपाध्यक्ष नितेष दोङ र युवा संघ हेटौंडा–१० नम्बर सचिव दीपक पाख्रिनले पत्रकार सम्मेलन मार्फत एमाले छोडेको जानकारी दिएका छन् ।

‘माध्यामिक तहमा पढ्दा अनेरास्ववियुबाट राजनीति शुरु गर्दै यो अवस्थासम्म आइयो, अहिले आएर एमालेका केही गतिविधी मन नपरेकोले हामीले बाध्य भएर एमाले छोडेका हौं’, युवराज लामाले भने, ‘एमालेलाई आरोप प्रत्यारोप र कटाक्ष गर्नु भन्दा पनि अब हामी यही ९ गतेबाट औपचारिक रुपमा नेपाली काँग्रेससंग आबद्ध हुँदैछौं ।’

नेपालीहरुको भाग्य र भविष्य नेपाली काँग्रेसमा रहेको उल्लेख गर्दै उनले काँग्रेसमा वैचारिक प्रशिक्षण आवश्यक रहेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा काँग्रेसका नेताहरु रमेशध्वज कार्की, तारा कार्की, तरुण दल क्षेत्रीय सभापति सञ्जय श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति सुनिल गिरी, नेताहरु सुनिल अधिकारी, प्रदीप कँडेल लगायतको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार