६ बैशाख, हेटौंडा । एमालेको गढको रुपमा रहेको हेटौंडा–४ कर्राका ३ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
युवा संघ र नेपाल खेलकुद महासंघको विभिन्न जिम्मेवारीमा रहेका उनीहरुले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेको साधारण सदस्य समेत नरहने गरी बुधबारदेखि नै पार्टी छोडेको घोषणा गरेका हुन् ।
युवा संघ हेटौंडा उपमहानगर सहसचिव एवम् खेलकुद महासंघका जिल्ला सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्रीय उपाध्यक्ष युवराज लामा, एमालेका पश्चिम ईलाका कमिटी सदस्य एवम् युवा संघ ३ नम्बर क्षेत्रीय उपाध्यक्ष नितेष दोङ र युवा संघ हेटौंडा–१० नम्बर सचिव दीपक पाख्रिनले पत्रकार सम्मेलन मार्फत एमाले छोडेको जानकारी दिएका छन् ।
‘माध्यामिक तहमा पढ्दा अनेरास्ववियुबाट राजनीति शुरु गर्दै यो अवस्थासम्म आइयो, अहिले आएर एमालेका केही गतिविधी मन नपरेकोले हामीले बाध्य भएर एमाले छोडेका हौं’, युवराज लामाले भने, ‘एमालेलाई आरोप प्रत्यारोप र कटाक्ष गर्नु भन्दा पनि अब हामी यही ९ गतेबाट औपचारिक रुपमा नेपाली काँग्रेससंग आबद्ध हुँदैछौं ।’
नेपालीहरुको भाग्य र भविष्य नेपाली काँग्रेसमा रहेको उल्लेख गर्दै उनले काँग्रेसमा वैचारिक प्रशिक्षण आवश्यक रहेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा काँग्रेसका नेताहरु रमेशध्वज कार्की, तारा कार्की, तरुण दल क्षेत्रीय सभापति सञ्जय श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति सुनिल गिरी, नेताहरु सुनिल अधिकारी, प्रदीप कँडेल लगायतको उपस्थिती रहेको थियो ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...

















