Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रौतहटमा थप दुईजनामा कोरोना, संक्रमितको संख्या ५४ पुग्यो

Health-Ministry-media-bri-1588072174.jpg

File Photo

१६ बैशाख, हेटौंडा । नेपालमा मंगलबार दुई जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश नम्बर दुईको रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । अहिलेसम्म १६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. बिकास देवकोटाले कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
जिल्लाको देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षिय पुरुष तथा वृन्दावन नगरपालिका ९ निवासी २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएका दुवै जनाको स्वाब नमुना परिक्षणका लागि प्रादेशीक अस्पताल जनकपुर पठाईएको थियो तर त्यहाँ नतिजा नेगेटिभ आएपछि अशंका लागेर पुन परिक्षणका लागि काठमाडौं स्थित टेकु अस्पताल पठाउँदा दुवै जनाको नतिजा पोजेटिभ देखिएको बताइएको छ ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका १ का संक्रमित जयकिसान पोलि टेकनिकल ईस्टिच्युट धरहरीको क्वारेन्टाईनमा बसिरहेका छन भने अर्का संक्रमित वृन्दावन नगरपालिका ९ का पुरुष चन्द्रपुर नगरपालिका ६ स्थित क्वारेन्टाईनमा बसेर डिस्चार्ज भई घर फर्किएको उल्लेख गरिएको छ ।
१५ दिनसम्मको बसाई पछि क्वारेन्टाईनबाट घर फर्काइएको अवस्थामा पनि वृन्दावन नगरपालिका ९ का पुरुषमा कोरोना संक्रमण देखिएको हो । 
संक्रमित देवाही गोनाही नगरपालिका १ का ति पुरुष भारतको दिल्लीबाट फर्केर विगत १५ दिनदेखी क्वारेन्टाईनमा बस्दै आएका थिए भन्ने वृन्दावन नगरपालिका ९ का ति पुरुष भारतबाट नै फर्केर आएका व्यक्ति भएको बताइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार