Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मजदुर, मालिक र सिंहदरबार

Utshab-1588325451.jpg

- उत्सब चौलागाईं

चालै नपाई
श्रमिकको पसिना
अरुले नै बेचेपछि
के थाहा !
मजदुरको पसिनाको
मूल्य कति थियो भनेर ?

थाहै नपाई
श्रमिकको सपना
मालिकले बेचेपछि
के थाहा !
ती मजदुरको सपनाको
मूल्य कति थियो भनेर ?

बोल्नै नपाई
मजदुरको बैँस
ठेकेदारले बेचेपछि
के थाहा !
ती मजदुरलाई
आफ्नै बैसको
मूल्य कति थियो भनेर ?

त्यसैले त
आज सोध्नुपरेको छ-
तीनका सिंहदरबारलाई
मजदुरको पसिना
मजदुरको सपना
मजदुरको बैँस
यी सबैको मूल्य
कतिमा बेच्यौ भनेर ?

किन मौन छ सिंहदरबार ?

अन्धो रहेछ सिंहदबार
मजदुरको भोक देख्दैन
जसले दुनियाँ बदलिदियो
पसिना बगायो
रगत बगायो
दुनिया बदलिदियो
युग बदलिदियो
अहँ तिनीहरू देख्दै देख्दैन
भुइँमान्छे कुल्चेर हिड्छ उल्टो
भर्‍याङ बनाएर चढिरहन्छ
स्वार्थको सगरमाथा ।

मजदुरसँग कुनै स्वार्थ छैन
उनीहरूले पसिना बेचिरहे
सपना बुनिरहे
सिंहदरबारले के गर्‍यो ?
मजदुरको सपना भत्कायो
आश्वासनमाथि कुठाराघात गर्‍यो
तर मजदुरले दरबारहरू बनाइरह्यो
सिंहदरबारका तलाहरू थपिरह्यो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार