Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कारोनाबाट मर्नेको संख्या २ लाख ३९ हजार नाघ्यो

1-1588380872.png

२० बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ३९ हजार नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ३९ हजार ४ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ । 
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ३२ लाख ९८ हजार ४ सय ७३ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९४ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १० लाख ८० हजार संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५१ हजार ३ सय ५५ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २० लाख २७ हजार ५ सय ६९ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ६५ हजार ७ सय ५३ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । यहाँ एकैदिन ३६ हजार ७ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २८ हजार २ सय ३६ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा पछिल्लो २४ घण्टामा २ सय ६९ जनाको मृत्यु भएको छ ।
यसैगरी स्पेनलाई पछिपार्दै बेलायत सबैभन्दा बढी संक्रमित मृत्यु हुनेको तेश्रो स्थानमा पुगेको छ । यहाँ अहिलेसम्म २८ हजार २ सय ३६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या १ लाख ७७ हजार ४ सय ५४ जना रहेको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २४ हजार ८ सय २४ पुगेको छ । यहाँ थप २ सय ८१ जनाको मृत्यु भएको छ । स्पेनमा पनि विगत केही दिन यता मृतकको संख्या घटिरहेको छ । 
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ५ सय ९४ पुगेको छ । यहाँ पछिल्लो समय २ सय १८ जनाको ज्यान गएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ७ हजार७ सय ३, मध्यपूर्वी एसियाली मुलुक इरानमा ६ हजार ९१, जर्मनीमा ६ हजार ७ सय ३६, नेदरल्याण्डसमा ४ हजार ८ सय ९३, ब्राजिलमा ६ हजार ४ सय १०, टर्कीमा ३ हजार २ सय ५८, स्विटजरल्याण्डमा १ हजार ७ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी वल्डोमिटरका अनुसार दक्षिण एसियाली मुलुक भारतमा अहिलेसम्म १ हजार २ सय २३ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ । यस्तै पाकिस्तानमा मृत्यु हुनेको संख्या ४ सय १७ पुगेको छ भने संक्रमितको संख्या १८ हजार ९२ रहेको छ ।
 

2-1588380875.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार