Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विकासको बाधक कम्युनिष्टः केन्द्रीय सदस्य उपाध्याय

३५ हजारलाई रोजगारी दिने गृहराज्यमन्त्री बानियाँको दावि

Tarun1-1492873078.jpg

९ बैशाख, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले नेपालका कम्युनिष्ट विकास र समृद्धिको बाधक रहेको मा बताएकी छिन् ।  नेपाल तरुण दल जिल्ला शाखा मकवानपुरको बृहत तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा शनिवार बोल्दै उपाध्यायले कम्युनिष्टहरुको आन्दोलनका कारण नेपालका उद्योग कलकारखाना धरासायी बनेको र देशमा बेरोजगार बढेको बताईन् ।

समृद्धिका लागि नेपाली कांग्रेसले अवलम्बन गरेको नीतिबाट मात्रै सम्भव रहेकाले स्थानीय तहमा कांग्रेसलाई विजयी गराउनुपर्ने उनको भनाई थियो । मकवानपुर पर्यटकीय, जडिबुटी र औद्योगिक क्षेत्रमै देशकै उत्कृष्ट स्थान भएकोले यहाँ रोजगार र विकासको संभावना अत्याधिक रहेकाले युवाहरु विदेशिनु नपर्ने उपाध्यायको दावि छ ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसले मकवानपुरमा जिते मकवानपुरमा ३५ हजार युवायुवतीलाई रोजगारी सिर्जना गर्ने आफूसंग योजना रहेको बताए ।  गृहराज्यमन्त्री बानियाँले काँग्रेस विकाशको संवाहक रहेको बताउँदै प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न बृद्धाश्रम, टुहुरा बालबालिकालाई अध्ययनका लागि बालग्राम, एफएम रेडियो, खेलमैदान, अस्पताल र नगरमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि नेपाली कांग्रेसले एकल महिलालई भत्ताको व्यवस्था गरेको भन्दै बृद्धभत्तालाई चार हजार रुपैँया बनाउने बताए ।

कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु रघुरमण न्यौपाने, ईन्द्रबहादुर बानियाँ, रोशन शर्मा, आनन्दराम पराजुली, सुनिल दाहाल, तरुण दल अधिवेशनका निर्वाचन अधिकृत अर्जुनप्रसाद चौलागाईलाई सम्मान गरिएको थियो ।

तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकारहरु अशोक शाक्य, उमा दाहाल, प्रभात दाहाल, रिता खनाल, जयराम लामिछाने, जिल्ला सदस्य, प्रवक्ता एवं तरुण विभाग प्रमूख प्रदिप कोईराला, हरि वाग्ले, जिल्ला प्रचारप्रसार संयोजक सुनिल दाहाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण नेता राजेश भेटवाल, पुरुषोत्तम ठकुरी, तरूण जिल्ला सचिव सचित थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Tarun2-1492873079.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार