९ बैशाख, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले नेपालका कम्युनिष्ट विकास र समृद्धिको बाधक रहेको मा बताएकी छिन् । नेपाल तरुण दल जिल्ला शाखा मकवानपुरको बृहत तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा शनिवार बोल्दै उपाध्यायले कम्युनिष्टहरुको आन्दोलनका कारण नेपालका उद्योग कलकारखाना धरासायी बनेको र देशमा बेरोजगार बढेको बताईन् ।
समृद्धिका लागि नेपाली कांग्रेसले अवलम्बन गरेको नीतिबाट मात्रै सम्भव रहेकाले स्थानीय तहमा कांग्रेसलाई विजयी गराउनुपर्ने उनको भनाई थियो । मकवानपुर पर्यटकीय, जडिबुटी र औद्योगिक क्षेत्रमै देशकै उत्कृष्ट स्थान भएकोले यहाँ रोजगार र विकासको संभावना अत्याधिक रहेकाले युवाहरु विदेशिनु नपर्ने उपाध्यायको दावि छ ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसले मकवानपुरमा जिते मकवानपुरमा ३५ हजार युवायुवतीलाई रोजगारी सिर्जना गर्ने आफूसंग योजना रहेको बताए । गृहराज्यमन्त्री बानियाँले काँग्रेस विकाशको संवाहक रहेको बताउँदै प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न बृद्धाश्रम, टुहुरा बालबालिकालाई अध्ययनका लागि बालग्राम, एफएम रेडियो, खेलमैदान, अस्पताल र नगरमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि नेपाली कांग्रेसले एकल महिलालई भत्ताको व्यवस्था गरेको भन्दै बृद्धभत्तालाई चार हजार रुपैँया बनाउने बताए ।
कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु रघुरमण न्यौपाने, ईन्द्रबहादुर बानियाँ, रोशन शर्मा, आनन्दराम पराजुली, सुनिल दाहाल, तरुण दल अधिवेशनका निर्वाचन अधिकृत अर्जुनप्रसाद चौलागाईलाई सम्मान गरिएको थियो ।
तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकारहरु अशोक शाक्य, उमा दाहाल, प्रभात दाहाल, रिता खनाल, जयराम लामिछाने, जिल्ला सदस्य, प्रवक्ता एवं तरुण विभाग प्रमूख प्रदिप कोईराला, हरि वाग्ले, जिल्ला प्रचारप्रसार संयोजक सुनिल दाहाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण नेता राजेश भेटवाल, पुरुषोत्तम ठकुरी, तरूण जिल्ला सचिव सचित थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







