Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा लकडाउनमा बालविवाहको प्रयास, १०९८ मा आएको फोनले रोकियो

Baal-1588389797.jpg

सांकेतिक तस्विर

२० बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनकै बीचमा मकवानपुरमा बालविवाहको प्रयास भएको खुलेको छ । मकवानपुरको हेटौंडा नगरपालिका र नगरसंगै जोडिएको मकवानपुरगढी गाउँपालिकामा बालविवाहको प्रयास भएको हो । 
दुबै स्थानमा हुन लागेको बालविवाह सम्बन्धित क्षेत्रका वडा अध्यक्षको समन्वयमा रोकिएको सिविन बालहेल्प लाईन मकवानपुरले जनाएको छ । सिविनका अनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा बालविवाहको प्रयास भएको थियो । मकवानपुरगढि–७ की १४ बर्षीया बालिका र वडा नम्बर २ का  १७ बर्षीय बालकबीच बालविवाह हुन लागेको थियो । त्यस्तै, हेटौंडा–१४ की १५ बर्षीया बालिका र वडा नम्बर १३ का १९ बर्षीय बालकबीच बालविवाह हुन थालेको थियो । 
गढीको बालविवाह २ नम्बर वडा अध्यक्ष बखानसिंह पाख्रिनको अगुवाइमा गढि गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, बालहेल्पलाइनकी कार्यक्रम अधिकृत सम्झना, बालबालिकाका परिवारको रोहवरमा रोकिएको थियो । हेटौंडा–१४ मा अध्यक्ष दीपक खड्काको अगुवाइमा मयुरधाप अस्थायी प्रहरी वितका इन्चार्ज साजनकुमार शर्मा, सिविन बालहेल्पलाइन जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, कार्यक्रम अधिकृत सम्झना अधिकारी र बालबालिकाका अभिभावकको रोहवरमा रोकिएको थियो । 
दुबै बालिकालाई थप परामर्शको केहि दिन बाल हेल्पलाईनकै संरक्षणमा राखिएको छ । सिविन नेपालद्वारा संचालित बालहेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ मा बालविवाह हुन लागेकोको सूचना आएपछि बालविवाह रोक्न सफल भएको जनाईएको छ । बालहेल्पलाइनले  सन् २०२० जनवरी देखि हालसम्म २६ वटाबालविवाह रोक्न सफल भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार