Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडाको ८ र थाहाको ७ वडामा कांग्रेस उम्मेदवारको टुंगो

NC-Makwanpur-Party-Office-1492922255.jpg

१० बैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको ८ वडाका स्थानीय तहको निर्वाचनका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । वडा तहबाट सर्वसम्मत क्षेत्रीय समितिमा आएका ७ वडाका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले क्षेत्र नम्बर ३ अन्तरगतका ७ र क्षेत्र नम्बर १ को एक वडाको नामावली सार्वजनिक गरेको हो ।
कांग्रेसबाट हेटौँडा क्षेत्र नम्बर ३ अन्तरगत हेटौँडा नगरपालिका ४ मा वडापालिका अध्यक्षमा हरिप्रसाद पौडेल र सदस्यमा कमलराज मैनाली, रेशमकुमार श्रेष्ठ, रिता घिमिरे र अनिता विश्वकर्मा, हेटौँडा–५ को अध्यक्षमा राजेश बानियाँ र सदस्यहरुमा यमबहादुर श्रेष्ठ, अन्जनीकुमार पराजुली, प्रमिला खतिवडा र मनमाया विश्वकर्मा, हेटौँडा–७ को अध्यक्षमा दामोदर गौतम र सदस्यहरुमा चन्द्रप्रसाद चौलागाई, सुरज तितुङ लामा, अमृता बानियाँ खत्री र विष्णु सुनार रहेका छन् । 
हेटौँडा–८ मा अध्यक्षमा हरिप्रसाद वाग्ले र सदस्यहरुमा विरोध मुक्तान, रामनाथ वाग्ले, लक्ष्मी गौतम र शुभद्रा मगराती, हेटौँडा ९ को अध्यक्षमा विश्वराज नेपाल र सदस्यहरुमा कपिल अर्याल, माधवप्रसाद आचार्य, रविलक्ष्मी श्रेष्ठ र सुनिता परियार, हेटौँडा–१४ को अध्यक्षमा गणेशबहादुर स्यांतान र सदस्यहरुमा टिका बानियाँ, एक्काबहादुर मुक्तान, उमा गुरुङ र निरु दर्जी र हेटौँडा–१५ को अध्यक्षमा महारत्न लामा र सदस्यहरुमा बमबहादुर थिङ, आइतसिं तितुङ, देवकुमारी मिश्र बस्नेत र तुल्सी विक रहेका छन् ।
त्यस्तै क्षेत्र नम्बर १ अन्तरगत हेटौँडा–१८ को अध्यक्षमा दिलबहादुर सुवेदी र सदस्यहरुमा पुरुषोतम अधिकारी, मंगलसिं लामा, ललितादेवी बानियाँ र उर्मिला गदाल विक सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् ।
थाहा नगरपालिकामा कांग्रेसका ७ वडामा उम्मेदवारको टुंगो लागेको छ । थाहा–२ को अध्यक्षमा नवराज लामा र सदस्यहरुमा नवराज कार्की, केशव श्रेष्ठ, सुधा कार्की र सुनिता सुनार, थाहा–४ को अध्यक्षमा हरिहर केसी र सदस्यहरुमा अस्मान बल, रामकृष्ण बल, आरती केसी र सानी सुनुवार, थाहा–५ मा भीमबहादुर लामा, रामकृष्ण पाख्रिन तामाङ, भीमबहादुर वाईवा, सुन्तली गुरुङ र राममाया विक, थाहा–९ को अध्यक्षमा सुरेश लामिछाने र सदस्यहरुमा सूर्य बलामी, सानुबाबु जिम्बा, कल्पना बल र मिना विक रहेका छन् । 
त्यस्तै, थाहा–१० को अध्यक्षमा कर्णबहादुर गोपाली र सदस्यहरुमा रामकृष्ण कमाल, दीपक गोपाली, उष गमाल र पानमाया विक, हेटौँडा–११ को अध्यक्षमा सुमन गोले र सदस्यहरुमा सुकमान थोकर, चन्द्रकुमार भोम्जन, शुक्रिममाया स्यांतान र गिता विक र हेटौंडा–१२ को अध्यक्षमा मणिराज गुरुङ, बलराम बल, रामकृष्ण स्यांतान, रमा गुरुङ र सुनिता दर्जीको नाम सर्वसम्म सिफारिस भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार