२३ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।
भारतमा अहिलेसम्म १ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ४६ हजार ४ य ३७ पुगेको छ ।
सोमबार एकैदिन भारतमा झण्डै चार हजार संक्रमित फेला परेका छन् । संक्रमणबाट एकै दिन एक सय ७५ जनाको मृत्यु भएको छ ।
सोमबार भएको मृत्यु र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा उच्च हो । भारतमा सोमबार एकै दिन ३ हजार ९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी भारतमा अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् । त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी रहेको छ ।
दक्षिण एसियाली अर्को मुलुक पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म ४ सय ७६ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या २० हजार ९ सय ४१ रहेको छ । यसैगरी बंगलादेशमा १८२ जनाको ज्यान गएको छ भने कुल संक्रमित १० हजार ८ सय १ जना रहेका छन् ।
यस्तै श्रीलंकामा कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ५ सय ५१ जना संक्रमित भएका छन् ।
मालदिभ्समा कोरोना संक्रमणबाट ५ सय ४१ जना संक्रमित भएका छन् भने अहिलेसम्म १ जनाको ज्यान गएको छ ।
दक्षिण एसियाली मुलुकहरु नेपाल र भुटानमा भने कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।
नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नेपालमा अहिलेसम्म १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
यस्तै भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर छ । यहाँ अहिलेसम्म ७ जनामा कोराना संक्रमण पुष्टि भएको । भुटानमा ५ उपचारपछि निको भएका छन भने २ जनाको उपचार चलिरहेको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



