Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

दक्षिण एसियामा भारत कोरोनाको इपिसेन्टर बन्दै 

Bharat-1588646664.jpg

२३ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । 
भारतमा अहिलेसम्म १ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ४६ हजार ४ य ३७ पुगेको छ ।
सोमबार एकैदिन भारतमा झण्डै चार हजार संक्रमित फेला परेका छन् । संक्रमणबाट एकै दिन एक सय ७५ जनाको मृत्यु भएको छ । 
सोमबार भएको मृत्यु र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा उच्च हो । भारतमा सोमबार एकै दिन ३ हजार ९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । 
यसैगरी भारतमा अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन्  । भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् । त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी रहेको छ ।
दक्षिण एसियाली अर्को मुलुक पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म ४ सय ७६ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या २० हजार ९ सय ४१ रहेको छ । यसैगरी बंगलादेशमा १८२ जनाको ज्यान गएको छ भने कुल संक्रमित १० हजार ८ सय १ जना रहेका छन् ।
यस्तै श्रीलंकामा कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ५ सय ५१ जना संक्रमित भएका छन् ।
मालदिभ्समा कोरोना संक्रमणबाट ५ सय ४१ जना संक्रमित भएका छन् भने अहिलेसम्म १ जनाको ज्यान गएको छ । 
दक्षिण एसियाली मुलुकहरु नेपाल र भुटानमा भने कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । 
नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । नेपालमा अहिलेसम्म १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
यस्तै भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर छ । यहाँ अहिलेसम्म ७ जनामा कोराना संक्रमण पुष्टि भएको । भुटानमा ५ उपचारपछि निको भएका छन भने २ जनाको उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार