Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको हेटौंडाको थप ३ वडामा उम्मेदवार सर्वसम्मत

NC-1493209565.png

१३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय समितिले बुधबार हेटौंडा उपमहानगरको थप ३ वटा वडामा उम्मेदवारहरु सर्वसम्मत सिफारिश गरेको छ ।
३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईको अध्यक्षतामा बसेको बैठकले हेटौंडाको ३, ११ र १९ नम्बर वडामा उम्मेदवार सर्वसम्मत गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको ३ नम्बरमा अध्यक्ष ढलकबहादुर थापा, सदस्यहरु  सरोजराज ढकाल, अक्कलबहादुर पाख्रिन, महिला सदस्यमा रामकुमारी घलान र दलित महिला सदस्यमा सावित्री विश्वकर्मा सर्वसम्मत भएका छन् ।
त्यस्तै ११ नम्बर वडामा अध्यक्ष अर्जुन शर्मा कँडेल, सदस्यहरु विकाश नेपाल, गोकर्ण बर्तौला, महिला सदस्य शुभद्रा बर्तौला र दलित महिला सदस्यमा टक्कु बिक सर्वसम्मत उम्मेदवार भएका छन् । हेटौंडा १९ नम्बरमा अध्यक्षमा शालिकराम अधिकारी, सदस्यहरु मानबहादुर गोले, देवराज गोले, महिला सदस्य सरस्वती भण्डारी र दलित महिला सदस्यमा सरस्वती परियार सर्वसम्मत भएको ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपालले जानकारी दिए । बैठकको निर्णय बुधबारै जिल्ला पार्टी कार्यालयलाई जानकारी गराइएको सचिव नेपालले बताए ।

हेटौंडा १७ मा चुनाव प्रचारप्रसार समिति
नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत हेटौंडा १७ ठूलो गंगटेमा बुधबार चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
पार्टीका जिल्ला सल्लाहकार एवं १७ नम्बर वडाका अध्यक्ष उम्मेदवार दामोदर सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु क्षेत्रीय सचिव जनक धिताल, साविक हेटौंडा २० र २२ का वडा सभापतिहरु नवराज न्यौपाने र उद्धव सत्याल, तरुण नगर सचिव दीपक श्रेष्ठ, तरुण २० र २२ नम्बरका अध्यक्षहरु दीपक थापा र रमेश श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ईन्द्रप्रसाद नेपालको संयोजकत्वमा १५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति र रमेश श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय आर्थिक समितिसमेत गठन गरिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार