Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जिल्ला वन कार्यालयद्वारा औजार वितरण

FB_IMG_1493289487604-1493289980.jpg

भीमसेन पौडेल
१४ बैशाख, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरले सामुदायिक वन र कबुलियती वन समूहलाई वन व्यवस्थापन औजार वितरण गरेको छ ।

वन व्यवस्थापनलाई बैज्ञानिक ढंगबाट गर्ने उद्वेश्यका साथ औजार वितरण गरिएको सहायक वन अधिकृत उत्तम कटुवालले बताए । जिल्लामा रहेका १२ वटा सामुदायिक वन १० वटा कबुलियती वनलाई वन व्यवस्थापन औजार र ४ वटा सामुदायिक वनलाई डढेलो नियन्त्रण औजार वितरण गरिएको वन कार्यालयले जनाएको छ । 

हेटौडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन, हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन, हेटौडा–१५ मा रहेको चुरेकाँड सामुदायिक वन, आमभञ्ज्याङ–३ मा रहेको नमूना सामुदायिक वन, मनहरी–२ मा रहेको पोलाघारी सामुदायिक वन, भैसेमा रहेको कालिकाचण्डीका सामुदायिक वन, हेटौडा–१६ मा रहेको जरुङशक्ती सामुदायिक वनलाई वन व्यवस्थापन औजार उपलव्ध गराएको छ ।

यसैगरी मनहरी–३ मा रहेको मनकामना सामुदायिक वन, हेटौडा–९ मा रहेको बेतखोल्सी सामुदायिक वन, हेटौडा–१ मा रहेको सुन्दर सामुदायिक वन र हेटौडा–८ मा रहेको महिलासिर्जना सामुदायिक वन समूहलाई पनि औजार वितरण गरिएको छ ।

वन कार्यालयले हेटौडा –१८ मा रहेको रामधुनी कबुलियती वन, शिखरपुरमा रहेको च्यानडाँडा कबुलियती वन, चितलाङमा रहेको कुश्लेचौर कबुलियती वन, निवुवाटारमा रहेको चौतारी कबुलियती वन, छतिवनमा रहेको चुनढुंगापाखा कबुलियती वन, हेटौडा–१५ मा रहेको चित्रेपानी कबुलियती वन, सुकौरामा रहेको चिसापानी कबुलियती वन रहेका छन ।

यसैगरी फापरबारीमा रहेको ताप्केडाँडा कबुलियती वन, तिनधर्केडाँडा कबुलियती वन र बाग्मती कबुलियती वन रहेका छन । वन कार्यालयले क्षेतीपूर्ती वृक्षारोपण अन्तरगत वनलाई डढेलोबाट बचाउँन औजार समेत वितरण गरेको छ ।

जस अन्तरगत जोगीताल मनहरी, सिमपानी देवकोट संयुक्त सामुदायिक वन मनहरी र मुलखोला सामुदायिक वन राई गाउँलाई वितरण गरिएको कटुवालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार