- उत्सब चौलागाईं
मालिकले
कहिल्यै बुझ्न चाहेन
भोकको मनोविज्ञान ।
मालिक त घरिघरि
सिंहदरबारको रोष्टम विज्ञान
पढिरहेको देख्छु
हरेक कुर्सीहरूको स्वाब
परिक्षण गरिरहेको देख्छु
मजदुरहरूको पसिना चुसिरहेको देख्छु ।
मालिक विभिन्न नामले
सम्बोधन गर्छ सिंहदरबारलाई
कहिले स्याल दरबार हो भन्छ
कहिलो बिरालो दरबार
मुसा दरबार पनि भनेको सुनेको छु
सिंहदरबार आफ्नो दूतहरूको कारखाना सम्झन्छ ।
भित्र–भित्र सुरुङ खनेर
कालापानी बेचेको नमिठो ईतिहास बताउँछ
टनकपुर बेचेको फेहरिस्त सुनाउँछ
माहाकाली बेचेको
नाफानोक्सानको वासलात देखाउँछ
देश चालकहरूको
उपन्यासको प्लट छ ऊसँग
ऊ कानुनलाई नुनजस्तै सस्तोमा किन्छ ।
मालिकलाई
लिपुकेक कहिल्यै देश भएन
कालापानी कहिल्यै देश भएन
उसलाई लिपुलेक हाम्रो हुनुसँग
कालापानी हाम्रो हुनुसँग
कहिल्यै मतलब भएन ।
मालिकलाई मालिक हुनुको मात्र चिन्ता छ ।
मालिक निर्धक्कले भन्छ
बल्खु दरबारको इट्टाहरू मेरा हुन्
पेरिस दरबारको सिमेन्ट मेरो हो
सानेपा दरबारको रडरोडा मेरै हो ।
मालिक !
मार्क्सको लाम्टा चुसेर
अघाएकै छैन
माओको विचार बेचेर
पुगेकै छैन
विपिको गिदी बेचेर
कहिल्यै अमन हुँदैन ।
मालिक अरुलाई रित्ताएपछि
आफू पनि रितिन्छ भन्ने बुझ्दै बुझ्दैन ।
त्यसैले मालिक
आफ्नो वरिपरि मजदुर मात्र घुमाउँदैन
यी सबै दरबार घुमाइरहन्छ
मालिक पनि
अरुकै नक्सामा फनफनी घुमिरहन्छ ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...














-1761227295-1778632336.jpg)


