२१ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा तालमेल गरेका दुई दलले आप्mनो उम्मेदवारी फिर्ता लिएका छन् ।
हेटौँडामा नेकपा माओवादी केन्द्र र थाहा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी फिर्ता लिएका छन् । हेटौँडामा माओवादी केन्द्रकी मेयर उम्मेदवार कुमारी मोक्तानले उम्मेदवारी फिर्ता लिएको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । कांग्रेसको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
त्यसैगरी, थाहा नगरपालिकामा नेपाली कांग्रेसकी मेयर उम्मेदवार पवित्रा महतले उम्मेदवारी फिर्ता लिएकी छिन् । थाहाबाटै माओवादी केन्द्रकी उम्मेदवार शकुन्तला गोपालीले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । हेटौँडामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुली र माओवादी केन्द्रका उपमेयर उम्मेदवार बलराम बल तालमेल गरी मैदानमा उत्रने भएका छन् । थाहा नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा लवशेर विष्ट र कांग्रेसबाट उपमेयरमा खड्ग गोपाली तालमेल गरी चुनावी अभियानमा जाने भएका छन् ।
यसैगरी, भीमफेदी गाउँपालिकामा नेपाली कांग्रेसकी गाउँपालिका प्रमुखकी उम्मेदवार शान्त विकले फिर्ता लिएकी छिन् । त्यसैगरी, माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार अप्सरा लोप्चनले पनि उम्मेदवारी फिर्ता लिएको पुलामीले जानकारी दिए । भीमफेदीको प्रमुखमा केन्द्रका रन्जित राना र उपप्रमुखमा कांग्रेसका मोमलाल दोङ तालमेल गरी मैदानमा जाने भएका छन् ।
मनहरीमा कांग्रेस र माओवादी केन्द्रबीच अन्तिम समयमा आएर तालमेलको रणनीति पुरा नभएको जनाईएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







