Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अन्तराष्ट्रिय

विश्वभर कारोना संक्रमितको संख्या ४७ लाख नाघ्यो

thumbs_b_c_099fb3ae3fbc82-1589677612.jpg

४ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४७ लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४७ लाख १६ हजार ९ सय ८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ९५ हजार ७ सय ७८ जनाले थपिएको छ । संक्रमित मध्ये अहिलेसम्म ३ लाख १२ हजार ३ सय ८४ जनाको मृत्यु भइसकेको छ । 
विश्वमा सबैभन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् । यहाँ अहिलेसम्म १५ लाख ७ हजार ८ सय ७८ जना मानिस संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा अमेरिकामा २३ हजार ५ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि स्पेनमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ २ लाख ७६ हजार ५ सय ५ जना संक्रमित रहेका छन् । 
यस्तै रसियामा संक्रमितको संख्या २ लाख ७२ हजार ४३ पुगेको छ भने बेलायतमा संक्रमितको संख्या २ लाख ४० हजार १ सय ६१ पुगेको छ । यस्तै इटलीमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७ सय ६० पुगेको छ ।
यसैगरी पछिल्लो केहीदिन लगातार संक्रमितको संख्या बढीहरको ब्राजिलमा संक्रमितको संख्या २ लाख ३३ हजार १ सय ४२ पुगेका छन् । यहाँ एकैदिन १४ हजार ९ सय १९ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी फ्रान्स, जर्मनी, टर्की, इरान, भारत, पेरु लगाएतका मुलुकहरुमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।

1-1589677612.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार