२३ बैशाख, हेटौंडा । नेपाली काँगे्रेसले हेटौंडा–१ लालझाडीलाई पर्यटकीय गाउँ बनाउने घोषणा गरेको छ ।
नेपाली काँग्रेस हेटौंडा वडा नम्बर–१ को चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत् लालझाडीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस मकवानपुर सभापति तथा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी भएको खण्डमा त्यसक्षेत्रलाई पर्यटकीय गाउँको रुपमा विकास गरिने बताएका हुन् ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार आनन्दराम पराजुलीले लालझाडीको झोलुङ्गेपुलको आन्दोलनदेखि नै आफू त्यसक्षेत्रको विकासमा सक्रिय रहेको भन्दै उनले केही समय अगाडि सडक विस्तारका लागि पनि आफूले सहयोग गरेको बताए ।
मेयरमा निर्वाचित भएको खण्डमा पर्यटकीय पार्क, मन्दिर, गुम्बा तथा पिकनिक स्पट निर्माण गरेर त्यसक्षेत्रको विकासका लागि म क्रियाशील रहने पराजुलीले बताए । नेपाली काँग्रेसको तर्फबाट हेटौंडा–१ नम्बर वडा अध्यक्षका उम्मेदवार सविन न्यौपाने तथा सदस्यहरु जंगबहादुर बस्नेत, लवाङ लामा, सरस्वती श्रेष्ठ, समिता सुनार रसाईलीलगायतले आफू उम्मेदवार भएको खण्डमा गर्ने नीति तथा कार्यक्रमबारे सबैलाई जानकारी गराएका थिए ।
वडा नम्बर–१ को लालझाडी क्षेत्रमा शनिबार चुनाव प्रचारप्रसार टोलीले घरदैलो कार्यक्रम समेत आयोजना गरेको छ ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















