६ जेठ, हेटौंडा । हेटौंडा-४ कर्रास्थित आईसोलेसनमा भर्ना भएका ३७ जना रिपोर्टको प्रतिक्षामा रहेका छन् । आइतबार र सोमबार मकवानपुरबाट ४१ नमूना संकलन गरिएकोमा आईसोलेसनमा ३७ जना रहेका छन् । रिपोर्ट नआउँदा उनीहरु आफुलाई कोरोना भएको हो वा होइन भन्ने अन्यौलमा छन् । तर आईसोलेसन वार्डले भने अझै रिपोर्ट नआएको बताईरहेको छ ।
अहिलेसम्म अधिकांश रिपोर्ट सोही दिन आउने गरेपनि सोमबार र मंगलबार भएको परीक्षणको रिपोर्टमा भने ठूलो समस्या उत्पन्न भएको छ । आइतबार हेटौंडा–१० स्थित प्रयोगशालामा विद्युत समस्या भएको भन्दै रिपोर्ट दिईएन । सोमबार विद्युतको आपूर्ति सहज थियो । सोमबार प्रयोगशालाका प्राविधिकबाट पहिलो रिपोर्ट नेगेटिभ आएको भन्ने खबर आएपछि आईसोलेसनमा रहेकालाई लिखित रिपोर्ट आएपछि डिस्चार्ज गर्ने तयारी गरियो । तर पुनः परीक्षण गर्नुपर्ने भन्दै फेरि उनीहरुलाई आईसोलेसनमै राख्न भनियो ।
सोमबार अपरान्हसम्म रिर्पोट आउने प्रतिक्षामा रहेका उनीहरु तब निरास भए जब सोमबार पनि नतिजा नआउने खबर प्राप्त भयो । २ दिनसम्म रिपोर्ट सार्वजनिक नहुँदा आईसोलेसनमा रहेका ३७ र बाहिर रहेकाहरुमा कोरोनासंग जोडेर शंका आशंका उत्पन्न भयो । स्वास्थ्यकर्मी स्रोतका अनुसार केही नमूनाको रिपोर्टमा शंका रहेकाले लिखित रिपोर्टमा हस्ताक्षर गर्न प्रयोगशालाका कर्मचारीहरुले मानेका छैन । आफुहरु ढुक्क भएपछि मात्रै रिपोर्टमा हस्ताक्षर गर्ने उनीरुको अडान छ ।
तर सोमबार राति करिब १० बजेतिर प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोतम सेढाईले २०७७।०२।०५ गते दिउँसो २ बजेसम्म ५६ नमूना प्राप्त भएकोमा हेटौंडा प्रयोगशालामा प्राप्त हेटौंडाका ४१, रौतहट ११, सिन्धुलीको ४ गरी ५६ वटै नमूना नेगेटिभ आएको तथ्यांक सार्वजनिक गरेका छन् । तर आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाई भने आफुलाई अहिलेसम्म रिपोर्ट प्राप्त नभएको बताउँछन् । ‘रिपोर्ट आएको भए त हामीले उहाँहरुलाई विदा गरिसकेका हुन्थ्यौं ।’–उनले भने–‘रिपोर्ट के हो भन्ने जानकारी नपाई कसरी पठाउने ?’ उनका अनुसार स्थानीय तह र आईसोलेसनमा रहेकाले लिखित रिपोर्टको माग गरिरहेका छन् ।
रिपोर्ट अनुसार उनीहरुले कुन ढुंगको व्यवहार गर्ने भन्ने थाहा हुन्छ भने स्थानीय तहले पनि उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट जानकारी हुने स्वास्थ्यकर्मीहरुको भनाई छ । तर प्रयोगशालाको गैरजिम्मेवारीका कारण आईसोलेसनमा रहेका, उनीहरुका आफन्त र सर्वसाधारणमा समेत आशंका र मानसिक तनावको अवस्था छ । यथार्थ रिपोर्ट समयमै सार्वजनिक गर्न वा नभए काठमाण्डौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनेतर्फ नलागेर हेटौंडास्थित प्रयोगशाला र प्रदेश सामाजिक विकास मन्त्रालयले गैरजिम्मेवारीपन देखाएको गुनासो आएको छ । आईसोलसनमा रहेकाहरुले प्रयोगशालाको अनिर्णयले आफुहरुलाई बन्दी बनाएको गुनासो गरेका छन् ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
