२६ बैशाख । अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ।
नोभेम्बरमा भएको चुनाव सकिएको ४८ घण्टा भन्दा कम समयमा नै आफ्ना उत्तराधिकारीसँग ओभल अफिसमा भएको भेटवार्तामा उनले त्यस्तो चेतावनी दिएको ओबामा प्रशासनका अधिकारीहरुले जनाएको विविसीले समाचारमा उल्लेख गरेको छ ।
मंगलबार सिनेट समितिमा रुसी राजदूतसँग गरेको सम्वादले उनीमाथि 'ब्ल्याकमेल' गरिएको टिप्पणी गरिएको थियो । गम्भीर प्रकृतिको सम्पर्कबारे ढाँटेको अभियोगमा उनलाई गएको फेब्रुअरीमा पदबाट हटाइएको थियो।
अमेरिकी सेनाका अवकाशप्राप्त रथी फ्लिनले रुस विरुद्धको अमेरिकी प्रतिबन्धबारे ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै रुसी राजदूतसँग कुराकानी गरेका थिए।
ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले फ्लिनले इस्लामिक स्टेट र अमेरिकालाई जोखिम रहेका अन्य मुद्दाहरुमा राष्ट्रपति ओबामा कठोर रुपमा प्रस्तुत नभएको भन्दै उनको कडा आलोचना गर्ने गरेकाले त्यसलाई आश्चर्यजनक प्रतिक्रियाका रुपमा नलिइएको उल्लेख गरे ।
सन् २०१४ मा ओबामाले व्यवस्थापन र स्वभावमा समस्या देखिएको भन्दै फ्लिनलाई रक्षा गुप्तचर निकायको प्रमुखको पदबाट बर्खास्त गरेका थिए।
रुसी राजदूतसँगको सम्पर्कबारेका विवरण सार्वजनिक हुनुअघि नै ओबामाले ट्रम्पलाई चेतावनी दिएको र उनले त्यस्तो उच्च तहको पदका लागि उनी उपयुक्त नभएको ठान्ने गरेको एक जना ह्वाइट हाउसका पूर्व अधिकारीले एनबीसी न्यूजसँग भनेका छन् ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















