Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

भ्रम सिर्जना भयो, कोरोना संक्रमितको सबै ठेगाना खुलाउनु : सूचना आयोग

Aayog-1589895410.gif

६ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित र मृत्यु भएकाहरु स्पष्ट ठेगाना नदिंदा भ्रम फैलिरहेको अवस्था सबै ठेगाना खुलाउन राष्ट्रिय सूचना आयोगले निर्देशन दिएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गर्दा कहिले जिल्लामात्रै, महिला वा पुरुष, उमेर समेत अस्पष्ट ढंगले बताउन थालेपछि समाजमा भ्रम र त्रास फैलिएको थियो । 
आयोगले कोरोना भाइरसबाट संक्रमित र मृत्यु भएकाहरुको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगानामात्रै सार्वजनिक गर्दा संक्रमणको जोखिम बढाएको भन्दै आयोगले अस्थायी र स्थायी दुवै ठेगाना खुलाउन निर्देशन दिएको हो । 
कोरोना संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको ठाउँ फरक हुन सक्ने र एउटामात्रै स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएको पाइएकोले त्यसरी यसरी प्रवाह भइरहेको सूचनामा थप स्पष्ट गराउन आवश्यक रहेको आयोगले जनाएको छ ।
केहि दिन अघि मन्त्रालयले मकवानपुर निवासी एकजनामा कोरोना भएको उल्लेख गरेपनि उनी मकवानपुरमा बसोबास गर्ने नभई अन्यत्र बसोबास गर्दै आएका थिए । यसरी मकवानपुर मात्रै उल्लेख हुँदा मकवानपुरमा त्रास फैलिएको थियो । तर पछि उनी जिल्लामै बसोबास गर्ने नगरेको पत्ता लागेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

गृहमन्त्री र नेपालका लागि स्विडेनका राजदूतबीच भेटवार्ता
rabi-lamixane-sweden-rajd-1715767356.jpg

२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...

मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

थप समाचार