३० बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । निर्वाचन सुरक्षा बारे गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले निर्वाचनका लागि सबै सुरक्षा तयारी पुरा गरेको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।
उनले मतदाता, उम्मेदवार र निर्वाचनमा खटिएका कर्मचारीहरुको सुरक्षामा सुरक्षाकर्मी परिचालित भएको बताए । निर्वाचन सुरक्षाका निम्ती २२ हजार ५ सय ७५ प्रहरी, १७ हजार ३ सय ५६ सशस्त्र प्रहरी, २२ हजार ६ सय २ म्यादी प्रहरी र ३ सय ८३ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएको उनले बताए । ५ हजार प्रहरीलाई जगेडा जनशक्तीको रुपमा तयारी अवस्थामा राखिएको पनि गृहमन्त्री निधिले बताए ।
गृह मन्त्रालयका अनुसार प्रदेश नम्बर तीनमा १ हजार ७ सय ८० मतदान स्थल र ३ हजार ४ सय ९० मतदान केन्द्र छन् । यो प्रदेशमा १० हजार ३ सय ७६ प्रहरी, ८ हजार ९ सय ३५ शसस्त्र प्रहरी, १ सय ७५ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १० हजार ५ सय ९० म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् ।
प्रदेश नम्बर ४ मा १ हजार २ सय ४७ मतदानस्थल र १ हजार ९ सय ५२ मतदान केन्द्र छ । यो प्रदेशमा ७ हजार ५४ प्रहरी,३ हजार ९ सय ७३ सशस्त्र प्रहरी, १ सय १५ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र ७ हजार ३५ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् ।
प्रदेश नम्बर ६ मा ८ सय ९५ मतदानस्थल, १ हजार १ सय ९९ मतदान केन्द्र छन् । यो प्रदेशमा ५ हजार १ सय ४५ प्रहरी, ४ हजार ४ सय ४८ सशस्त्र प्रहरी, ९३ जना म्यादी प्रहरी र ४ हजार ९ सय ७७ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







