३० बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । निर्वाचन सुरक्षा बारे गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले निर्वाचनका लागि सबै सुरक्षा तयारी पुरा गरेको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।
उनले मतदाता, उम्मेदवार र निर्वाचनमा खटिएका कर्मचारीहरुको सुरक्षामा सुरक्षाकर्मी परिचालित भएको बताए । निर्वाचन सुरक्षाका निम्ती २२ हजार ५ सय ७५ प्रहरी, १७ हजार ३ सय ५६ सशस्त्र प्रहरी, २२ हजार ६ सय २ म्यादी प्रहरी र ३ सय ८३ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएको उनले बताए । ५ हजार प्रहरीलाई जगेडा जनशक्तीको रुपमा तयारी अवस्थामा राखिएको पनि गृहमन्त्री निधिले बताए ।
गृह मन्त्रालयका अनुसार प्रदेश नम्बर तीनमा १ हजार ७ सय ८० मतदान स्थल र ३ हजार ४ सय ९० मतदान केन्द्र छन् । यो प्रदेशमा १० हजार ३ सय ७६ प्रहरी, ८ हजार ९ सय ३५ शसस्त्र प्रहरी, १ सय ७५ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १० हजार ५ सय ९० म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् ।
प्रदेश नम्बर ४ मा १ हजार २ सय ४७ मतदानस्थल र १ हजार ९ सय ५२ मतदान केन्द्र छ । यो प्रदेशमा ७ हजार ५४ प्रहरी,३ हजार ९ सय ७३ सशस्त्र प्रहरी, १ सय १५ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र ७ हजार ३५ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् ।
प्रदेश नम्बर ६ मा ८ सय ९५ मतदानस्थल, १ हजार १ सय ९९ मतदान केन्द्र छन् । यो प्रदेशमा ५ हजार १ सय ४५ प्रहरी, ४ हजार ४ सय ४८ सशस्त्र प्रहरी, ९३ जना म्यादी प्रहरी र ४ हजार ९ सय ७७ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् ।
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















