Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तराईबाट आएका मजदुर हेटौंडा-६ का स्थानीयले लखेटे

Htd-6-1590124232.jpg

तराईबाट मजदुर ल्याएकोमा विरोधमा उत्रिएका स्थानीय

९ जेठ, हेटौंडा । कोरोना संक्रमण भएका तराईका जिल्लाबाट आएका मजदुरहरुलाई हेटौंडा–६ कृष्णनगर र चुच्चेखोलाका स्थानीयले शुक्रबार फिर्ता पठाई दिएका छन् । 

कृष्णनगरमा रहेको तारजाली उत्पादक उद्योग मार्मा वायर्समा कामका लािग एकाविहानै गाडिमा ल्याईएका २५ मजदुरलाई स्थानीयले फिर्ता पठाएका हुन् । कोरोना संक्रमित बढिरहेका बारा र पर्साबाट अचानक ल्याईएका मजदुरहरुका कारण जोखिम बढ्ने भन्दै उनीहरुले विरोध गरेका थिए । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले वडाबासीको स्वास्थ्य भन्दा ठूलो उद्योग व्यवसाय हुन नसक्ने भएकाले प्रशासनको समन्वयमा फिर्ता पठाएको बताए । 

‘न कुनै जाँच गरेको छ, न वडामा समन्वय गरेको विहान हुनु अघि लुकाएर मजदुर ल्याएको पाईयो’ उनले भने–‘स्थानीयले खबर गरेपछि उनीहरुलाई बसमा राखेर पुनः उनीहरुकै जिल्ला पठाईएको छ ।’ उद्योगीले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसंगको समन्वयमा मजदुर ल्याएको बताए । उद्योगीले उनीहरुलाई उद्योगभित्र राखेर काम लगाउने भनेपनि स्थानीय त्यहाँ स्थानीय कामदार समेत रहेकाले संगै काम गर्दा कोरोना संक्रमणका कारण गाउँ नै समस्या पर्ने भएकाले जोखिम लिन नसकिने बताएपछि उद्योगीले मजदुर फिर्ता पठाएका छन् ।

चुरियामाईमा प्रदेश २ मा आउन कडाई गरेको प्रशासनले जनाईरहँदा २५ जना हेटौंडा आईपुग्दा पनि नरोक्नु आश्चर्यको विषय भएको स्थानीयको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार