११ जेठ, काठमाडौं । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक जना हेटौंडाकी मुटुरोगीमा कोरोना संक्रमण प्रमाणित भएपछि संक्रमित बिरामीलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसन सेन्टरमा सारिइसकेको छ ।
उपचारका क्रममा संक्रमितको सम्पर्कमा आएका डाक्टर नर्स तथा अन्य कर्मचारीलाई ट्रेसिङ गरी क्वारेन्टिनमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मुटुरोगको उपचारका लागि ६ दिनअघि मनमोहन कार्डियोमा भर्ना भएकी हेटौंडा–४ स्थायी घर भएकी ५४ वर्षीया महिलाको मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । उनलाई हेटौंडा अस्पतालमा उपचार नभएपछि गंगालाल हृदय केन्द्रमा रिफर गरिएको र गंगालालले मनमोहन कार्डियोमा रिफर गरिएको बुझिएको छ ।
संक्रमित महिलाको शुक्रबार कोरोना पोजेटिभ प्रमाणित भएको थियो । यति बेला मनमोहन कार्डियोथेरासिकका विशेषज्ञलगायत धेरै स्वास्थ्यकर्मी संक्रमित महिलाको कन्ट्रयाकमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पुगेकाले हाललाई मुटुरोग सेवा स्थगित गरिएको अस्पतालले जनाएको छ ।
कन्ट्रयाक ट्रेसिङ गरी सबैको परीक्षण रिपोर्ट नआएसम्म सेन्टरले मुटुरोगको ओपीडीसँगै क्याथ ल्याबसमेत बन्द गर्ने निर्णयमा पुगेको अस्पतालका एक उच्च अधिकारीले जानकारी गराए । अहिलेसम्म कन्ट्रयाक ट्रेसिङमा झन्डै ३५ जना आइसकेका र थपिने क्रम जारी रहेकाले कुल संख्या यकिन भइनसकेको बुझिएको छ ।
संक्रमित महिला राखिएकै सीसीयू कक्षमा उपचार गराइरहेका अन्य ६ जना बिरामीलाई पनि त्रिवि शिक्षण अस्पतालकै गणेशमान भवनको कोभिड क्वारेन्टाइनमा सार्ने योजनासहित छलफल भइरहेको अस्पतालका एक चिकित्सकले जनाएका छन् । मनमोहन कार्डियोका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई भने कार्डियो थोरासिककै माथिल्लो तल्लामा र त्रिवि शिक्षण अस्पताल खाली ठाउँ या कुनै सुरक्षित ठाउँमा रहेका होटलको खोजी कार्य शुरू भएकोे स्रोतले जनाएको छ ।
ट्रेसिङमा ठूलो संख्या हुने भएकाले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुरूप पालना गर्दै दूूरी कायम गरेर बस्न ठूलो ठाउँको आवश्यकता हुन्छ ।
(नेपाल समाचारपत्रबाट)
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
