१४ जेठ, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष तथा नेता राहुल गान्धीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कांग्रेसले मंगलबार मध्याह्न आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा उनले नेपाल र चीनसँग सीमा विवाद किन भइरहेको छ भन्ने प्रस्ट जानकारी आफूहरुलाई नभएको बताए । ‘जबसम्म हामीलाई जानकारी गराइँदैन तबसम्म विवादबारे प्रस्ट बोल्न सकिँदैन,’ उनले भने ।
गान्धी दुई वर्षअघि नेपालको बाटो हुँदै मानसरोवरको यात्रामा गएका थिए । त्यस क्रममा उनी केही दिन काठमाडौं पनि बसेका थिए । काठमाडौं बसाइका बेला उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए ।
भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याक उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनावपूर्ण स्थिति बनेको सन्दर्भमा गान्धीबाट पछिल्लो धारणा आएको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्समार्फत पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर लामो उक्त सडकको उद्घाटन गरेका थिए ।
सडकको १९ किलोमिटर खण्ड आफ्नो भूमिमा भएपछि नेपालले विरोधस्वरूप भारतलाई ‘प्रोटेस्ट नोट’ समेत पठाइसकेको छ । भारतको उक्त कदमलाई लिएर नेपालमा चर्को विरोध भइरहेका बेला भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरू कसैको इसारामा’ पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए ।
नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको थिंक–ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले गरेको वेबनारमा नेपालले गरिरहेको विरोधमा चीनको हात रहेको तर्फ संकेत गर्दै उनले त्यस्तो धारणा राखेका थिए । विवादकै बीच नेपालले सन् १८१६ को सुगौली सन्धिलगायत अन्य ऐतिहासिक तथ्य र प्रमाणलाई आधार बनाएर नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म समावेश गर्दै नयाँ नक्सासमेत जारी गरिसकेको छ ।
नेपाल र भारतबीच सीमा विवाद उर्त्कषमा पुगे पनि भारतका कांग्रेसलगायतका विपक्षी दलहरुले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । कांग्रेसका प्रवक्ता अशोक सिंघ्वीले अघिल्लो साता व्यक्तिगत रूपमा ट्वीट गर्दै नेपालजस्तो दशकौं पुरानो घनिष्ट मित्रसँग पनि भारतको निकै ठूलो दूरी बढेकामा सरकारले जवाफ दिनुपर्ने माग गरेका थिए ।
(कान्तिपुरबाट)
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

