Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गढीगाउँपालिका र ईन्द्रसरोबरमा एमाले विजयी

photo-1495001358.jpg

३ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुर गढी गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ । बुधबार विहान सम्पन्न मतगणना अनुसार गाउँपालिका प्रमुख र उपप्रमुख दुबैमा एमालेले विजय हासिल गरेको हो ।
एमालेकातर्फबाट गाउँपालिका प्रमुखमा विदुर हुमागाई विजयी भएका छन् । उनले ३८ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका दोर्जे लामा स्यांतानले ३६ सय ५३ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपप्रमुखमा एमालेकै हर्कमाया रुम्बाले ३७ सय १७ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी मनिला केसीले ३७०७ मत प्राप्त गरेकी छन् । 
मकवानपुरगढी गाउँपालिकाको वडा अध्यक्षमा नेपाली कांग्रेसले १,२,७ र ८ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले ३,४,५ र ६ मा विजय हासिल गरेको छ । 
त्यसैगरी, ईन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेको तर्फबाट प्रमुखमा जीवनकुमार लामाले ३२ सय ४ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रतिष्पर्धी नेपाली कांग्रेसका विश्वलाल लामाले २३ सय ७३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमलेकी उमाकुमारी लामाले ३१९० मत प्राप्त गरी विजयी भएकी छिन् भने प्रतिष्पर्धी नेपाली कांग्रेसकी लक्ष्मी डंगोलले २०८१ मत प्राप्तगरेकी छिन् ।
ईन्द्रसरोबरमा १ नम्बर वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने २,३,४ र ५ नम्बर वडामा एमालेले विजय हासिल गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार