Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

साथीको हत्या गर्ने चारजना पक्राउ

hat-1590942691.jpg

१८ जेठ, दाङ ।  शुक्रबार भएको हत्याको घटनमा संलग्‍न भएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सञ्चालक रहेका २८ वर्षीय मन्दिप भुजको हत्यारालाई प्रहरीले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

भुजको उनकै साथीहरु मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । डिएसपी हरिहरनाथ योगीले पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै गत जेठ १६ गते शुक्रबार राति अटोभिलेज नजिकै रहेको चौधरी होटेलमा साथीहरुसँगै मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा उनको हत्या भएको बताएका छन् ।घटना भएको पाँच घण्टामै हत्याराहरु पक्राउ गर्न सफल भएको तुलसीपुर प्रहरी प्रमुख हरिहरनाथ योगीले भने । शनिबार बिहान मृत फेला परेका भुजको सुक्ष्म अनुसन्धान गर्दा घटना भएको ६ घण्टाभित्र केहीलाई नियन्त्रणमा लिँदा हत्यारा पत्ता लगाउन सफल भएको उनले बताएका छन् ।

 

 

उनका अनुसार तुलसीपुर ५ बस्‍ने अजय बुढाथोकी, सोहि वडाका आशीष नेपाली, तुलसीपुर १८ बस्‍ने ओमबहादुर सार्की र अर्घाखाँची जिल्ला ढिकुरा घर भई हाल तुलसीपुर ६ बस्‍ने शौरभ पोख्रेल मिलेर भुजको हत्या गरेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।  ती चार जना अभियुक्त मध्ये सुरुमा शौरभ पोख्रेलले ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएपछि अन्य तीन जना घटना संलग्‍न भएको अनुसन्धानबाट खुलेको डीएसपी योगीले बताएका छन् ।होटेलमासँगै बसेर मापसे गरी होटेलमा होहल्ला गर्दा होटेलकी साहुनीले अबेर भयो घर जानुस् भनेपछि उनीहरु त्यहाँबाट निस्किएको र बाटोमा विवाद हुँदा तुलसीपुर ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि लगेर हत्या गरेको प्रहरीको भनाइ छ ।

उनीहरुले मापसे गरी लागूऔषध समेत सेवन गरेको पाइएको छ । लागूऔषधकै विषयमा एक अर्काबीच भनाभान हुँदा विवाद भएको प्रहरी प्रमुख गणेश चन्दले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका छन् ।होटेलमा मापसे गर्दा उनीहरुसँगै गएका सुमन बस्‍नेत र सुनिल विक भने घटना नहुँदै घर गएका थिए । यस्तै उनीहरुसँग मापसे गरेका अर्का टिकम बु्ढामगर पनि उनीहरुको विवाद हुँदा त्यही भएको र झगडा नगर भनी उनी घर गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरु घर गइसकेपछि मृतक भुजसहित पाँच जनाको विचमा विवाद हुँदा उक्त घटना भएको हो ।

साभारः बाह्रखरी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

थप समाचार