Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दैनिक १ करोड ६ लाख लिटर पानी वितरण

Khanepani-Press-Meet-1469721261.jpg

१३ साउन, हेटौँडा । हेटौँडा खानेपानी बोर्डले आफ्नो सेवा क्षेत्रमा दैनिक १ करोड ६ लाख लिटर पानी वितरण गरेको जनाएको छ । बोर्डले विहिबार पत्रकार सम्मेलनमार्फत बार्षिक प्रगति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । 
बोर्डले नगरका पुराना वडा र थपिएका १६, १७, १८ र १९ नम्बर वडाका ८२ हजार जनसंख्यालाई खानेपानी उपलव्ध गराएको निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । १२ हजार २ सय २३ धाराबाट दैनिक सरदर ६ घण्टा पानी वितरण भईरहेको उनको भनाई छ । हेटौँडा–१६ मयुरधापमा रहेको मयुरधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १ करोड ६३ लाख लागतको खानेपानी योजना समेत आव २०७२÷०७३ मा बोर्डमा हस्तान्तरण भएको छ । 
सामरी खोला किनारमा ३५ सय लिटर प्रति मिनेट पानी उत्पादन गर्न सक्ने नयाँ सम्व वेल र बुङदल मुहानको स्तरोन्नति गरेपछि विगत जस्तो बर्षायाममा धमिलो पानी आउने समस्या अन्त्य भएको बोर्डको दावि छ । बोर्डले अहिले भईरहेको २६.०७ प्रतिशत चुहावटलाई घटाउने लक्ष्य राखेको अध्यक्ष प्रताप विष्टले बताए । यसलाई २५ प्रतिशतमा झार्नका लागि चुहावट नियन्त्रण, छलि धारा निरुत्साहित गर्न नियमित अनुगमन गर्ने र यस्ता कार्य नियन्त्रणबाट प्राप्त जरिवानको २० प्रतिशत सम्बन्धित कर्मचारीलाई प्रोत्साहन स्वरुप उपलव्ध गराउने उनले बताए । 
बोर्डले आत्तकालिन स्थतिको निम्ति विलिङ रकमको १.५ प्रतिशत जगेडा कोषमा जम्मा गर्ने योजना बनाएको छ । पत्रकार सम्मेलनमा बोर्डका सदस्य इन्द्र नेपाल र कृष्ण धितालको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

न्यायपालिकामाथि हस्तक्षेप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको चिन्ता
Amnesty_International_log-1784941151.png

९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...

अनलाइन ठगीमा संलग्न चार जना हेटौंडाबाट पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1784940937.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज हरिशयनी एकादशी
tulasi-1784940518.jpg

९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784940195.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी
IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...

रास्वपा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार
Samsad-Ganesh-Paudel-1784881784.jpg

८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै...

थप समाचार