६ जेठ, काठमाडौं । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेश आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले तराई/मधेश र थरुहट आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिने बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्मा बोल्दै मन्त्री बानियाँले भने,‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो, हिजो माओवादी सशस्त्र युद्धको बेलामा त राज्यले धेरै मुद्दा फिर्ता लिएको ईतिहाँस छ, त्यसैले सरकारले मुलुकमा शान्ति, अमनचयन स्थापित गर्नको लागि आवश्यकत्ताको सिद्धान्त अनुसार मुद्दा फिर्ता लिन सक्छ, जसले विरोध गरेपनि अब मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन मोर्चाका माँग अनुसार सबै मुद्दा फिर्ता हुन्छ।’
मन्त्री बानियाँले मधेशी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनको लागि सरकार स्थानीय तहको संख्या थप्नपनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘तराई–मधेशपनि नेपाल नै हो नि, संख्या थप्न के को आपत्ति ? हामी संख्या थप्न तयार छौं ।’
उनले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धाँधली भयो भनेर प्रमुख प्रतिपक्षी दलले लगाएको आरोप मिथ्या र चर्चा कमाउनको लागि मात्रै भएको टिप्पणी गरे । उनले भने,‘एमालेले अहिलेमात्रै होईन, ०४८ सालदेखि नै धाँधलीको ढिंग पिटिरहेको छ, तर यो पटकको पहिलो चरणको निर्वाचनमा छिटपिट घट्नाबाहेक त्यस्तो केही भएको छैन, कस्तो निर्वाचन भयो भन्ने कुरा सारा जगतलाई थाहा छ, सबैभन्दा बढि मिडियाका साथीहरुलाई थाहा छ।’
मन्त्री बानियाँले ०५४ सालमा एमालेका वामदेव गौतमले गराएको चुनाव राम्रो भन्ने एमालेले त्यसबाहेक भएका सबै चुनावलाई धाँधली देख्नुलाई नै उसको नियत कस्तो छ भन्ने कुरा पुष्टि हुने आरोप लगाए । उनले थपे,‘अहिले त एमालेले नै धेरै जितेको छ, ०५४ को चुनावको परिणाम हेर्नुहोस् ।’
उनले एमाले नेतृत्व नै गणतन्त्र र परिवर्तनका एजेण्डामाथि अनुदार रहेको आरोप लगाउँदै भने,‘एमाले अध्यक्ष केपी ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर चन्द्रमामा जानु हो भनेको कुरा सारा जगतलाई थाहा छ, यसले पनि के देखाउँछ भने ओली गणतन्त्र विरोधी हुन्।’
मन्त्री बानियाँले एमाले अध्यक्ष ओलीको यस्तो प्रवृत्ति देखेर नै प्रंचण्डले संविधान कार्यान्वयनको लागि पनि चुनाव आवश्यक छ भन्दै आफ्नो पार्टीसँग नाता जोडेको स्पष्ट पारे ।
उनले कांग्रेस र माओवादी केन्द्रको तालमेललाई लिएर एमालेले गरेको टिप्पणीपनि अशोभनीय भएको बताउँदै एमालेले राप्रपासँग गरेको तालमेल बरु शंकाको घेरामा रहेको आरोप लगाए । उनले भने,‘सक्रिय राजा चाहियो भन्ने राप्रपासँग एमालेले एकता गरेको छ, यो के हो ? सबैलाई यो कुरा राम्रोसँग थाहा छ।’ त्यस्तै उनले अब हुने दोस्रो चरणको निर्वाचन एमालेले नचाहेको समेत आरोप लगाए ।
यद्धपी उनले एमाले मुलुकको जिम्मेवार पार्टी भएकोले मुलुकको निकासको लागि जिम्मेवार बन्नुपर्ने धारणा राखे । बानियाँले थपे,‘मोर्चाका साथीहरुले पनि चुनावमा आउनुपर्छ, हामी तपाईहरुको लागि वातावरण बनाउने काममा लागेका छौं, स्थानीय तहको संख्या थप्छौं।’
उनले एमाले नेतृत्व अहिलेका उपलब्धि र व्यवस्था भत्काउनतिर लागेकोले दोस्रो चरणको निर्वाचनमा एमाले कहाँ पुग्छ भन्ने कुरा भोलिका दिनमा राम्रोसँग थाहा हुने टिप्पणी गरे ।
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















