१२ जेठ, हेटौँडा । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधिले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।
जनप्रतिनिधिहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिनाकुमारी लामासहित १९ वडाका अध्यक्षहरुलाई सपथग्रहण गराएका छन् । अधिकृतले उपमहानगरपालिकामा निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । यसैगरी, हेटौँडा उपमहानगरपालिकामा निर्वाचित सदस्यहरुलाई नवनिर्वाचित मेयर हरिबहादुर महतले सपथग्रहण गराएका थिए ।
सपथग्रहण पछि मेयर महत, उपमेयर लामासहित विभिन्न वडाका अध्यक्षहरुले आफ्नो कार्यालयमा गएर पदभार ग्रहण समेत गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ वडामध्ये १२ वडामा एमाले, ५ वडामा कांग्रेस र २ वडामा माओवादी केन्द्रका अध्यक्षहरु विजयी भएका थिए । कार्यक्रममा सभासद्हरु अनन्त पौडेल, राजाराम स्यांतान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समृद्ध हेटौँडा बनाउने महतको उद्घोष
हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले समृृद्ध हेटौँडा बनाउने उद्घोष गरेका छन् । उनले विगतमा गरेका कामका कारण देशकै नमूना नगरको रुपमा हेटौँडा परिचित रहेको भन्दै यसलाई थप व्यवस्थित गर्दै समृद्ध हेटौँडाको अवधारणा अघि सारिने बताए । सपथग्रहणपछि बोल्दै महतले बासुदेव सभागृहको पूर्णता, पर्यटकिय क्षेत्रको विकास, घण्टाघर निर्माण, मेडिकल कलेजको स्थापना, हेटौँडा अस्पतालको स्तारोन्नति, सुरुङ मार्ग निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउने र विकासमा दुर्गम बस्तिलाई प्राथमिकता दिने जस्ता योजना रहेको बताए ।
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















