कृष्ण सारु मगर
१२ जेठ, हेटौँडा । कम्युनिस्ट र 'राजावादी' को प्रभाव रहेको मकवानपुरमा कांग्रेस करिब ७ दशकसम्म तेस्रो शक्तिका रूपमा सीमित रह्यो । ०१५ सालमा ५१ नम्बर क्षेत्रमा पर्ने मकवानपुरबाट विश्वबन्धु थापाले सांसद जितेपछि पुनः खाता खोल्न कांग्रेसले ५५ वर्ष कुर्नुपर्यो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर एक नम्बर निर्वाचन क्षेत्रबाट इन्द्र बानियाँ सांसद भएका थिए ।
दोस्रो संविधानसभा निर्वाचनको चार वर्षपछि ०७४ वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनबाट कांग्रेस मकवानपुरमा दोस्रो शक्तिका रूपमा उदाएको छ । दुई गाउँपालिका अध्यक्ष, एक उपमेयरसहित एक सय दुई वडाध्यक्षमध्ये ३१ वडाध्यक्षमा कांग्रेसले जित हात पार्यो । हेटौंडामा मात्र १९ मध्ये पाँचवटा वडामा अध्यक्ष विजयी गराउन सफल कांग्रेस हेटौंडा उपमहानगरपालिकासहित गाउँपालिका र वडामा पनि एमालेसँग प्रतिस्पर्धी शक्तिका रूपमा उदाएको छ ।
हेटौंडा उपमहानगरको मेयरमा कांग्रेसका आनन्द पराजुली एमालेका हरिबहादुर महतसँग ७ सय १५ मतले पराजित भएका छन् । उनले २२ हजार ५ सय नौ मत प्राप्त गर्दा महतले २३ हजार १ सय २४ मत प्राप्त गरी विजयी भएका छन् । मनहरी गाउँपालिकाको अध्यक्षमा एमालेका एकराज उपे्रतीसँग कांग्रेसका शंकर न्यौपाने २ सय ९१ मतले पराजित भएका छन् ।
मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा एमालेकै विदुर हुमागाईंसँग कांग्रेसका दोर्जे लामा १ सय ६१ मतले पराजित भएका छन् । स्थानीय निर्वाचनमा भएको मतदानबाट अन्य गाउँपालिकामा पनि कांग्रेस नै दोस्रो शक्तिका रूपमा स्थापित भएको छ । ०४९ सालको स्थानीय निर्वाचनमा हेटौंडामा दुई वडा र ५ गाविस अध्यक्ष जितेको कांग्रेस ०५४ सालको स्थानीय निर्वाचनमा निल भएको थियो ।
कसरी बढ्यो कांग्रेस प्रभाव
०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट पराजित भएका कांग्रेस मकवानपुरका सभापति तथा गृहराज्यमन्त्री इन्द्र बानियाँ निराश भएनन् । निरन्तर एक नम्बर क्षेत्रमा क्रियाशील उनी ०७० को निर्वाचनमा विजयी भए । कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने भन्छन्, '५५ वर्षपछि बानियाँले एक नम्बर क्षेत्रमा पुनः खाता खोलेपछि मकवानपुरमा कांग्रेसको लहर बढेको हो ।'
स्थानीय निर्वाचनमा दुई गाउँपालिका अध्यक्ष, एक उपमेयरसहित एक सय दुई वडाध्यक्षमध्ये ३१ वडाध्यक्ष कांग्रेसले जितेको छ ।
यसअघि पटक-पटक भएका निर्वाचनमा कम्युनिस्ट र राजावादी विजयी भए पनि बोलेका कुरा पूरा नगर्ने प्रवृत्तिले जनता दिक्क भएको उनको बुझाइ छ । 'हामीले एक नम्बर निर्वाचन क्षेत्रमा विजयी भएपछि निर्वाचन अघि गरेका प्रतिबद्धता पूरा गर्दै गयौं,' उनले भने, 'जनताले चुनाव जिताएर पठाएपछिको फरक महसुस गरी हामीलाई विश्वास गरेका हुन् ।'
कांग्रेसले ल्याएको विकासको लहर, राप्रपाको ढुलमुले नीति, एमालेको खोक्रो राष्ट्रवाद, माओवादीको पटक-पटक विभाजन र कांग्रेसभित्र क्रियाशील टिमको सहयोगका कारण मकवानपुरमा कांग्रेसको प्रभाव बढ्दै गएको सभापति बानियाँ बताउँछन् ।
कांग्रेसको लक्ष्य
प्रभाव बढ्दै गए पनि सभापति बानियाँ स्थानीय निर्वाचनको मत परिणामबाट सन्तुष्ट छैनन् । जनताले राम्रो मौका दिए पनि सदुपयोग गर्न नसक्दा धेरै ठाउँमा हार व्यहोर्नुपरेको उनको बुझाइ छ । अबका दिन संगठन सुदृढीकरणसँगै मतदाता शिक्षालाई प्रभावकारी बनाउने उनको योजना छ ।
माओवादी केन्द्रसँग गठबन्धन गरी मकवानपुरको तीन स्थानीय निकायमा अन्य पार्टीसँग प्रतिस्पर्धा गरेको कांग्रेसले सोचेजस्तो प्रतिफल पाउन सकेन । माओवादीसँग मिलेर जिल्लामा पहिलो शक्तिका रूपमा रहेको एमाले र हेटौंडामा दोस्रो शक्तिका रूपमा रहेको राप्रपालाई हराउने लक्ष्य कांग्रेसले लिएको थियो । 'माओवादीसँगको ढिलो गठबन्धनका कारण राप्रपालाई हराउन सके पनि प्राविधिक कारण एमाले पहिलो शक्तिको रूपमै रह्यो', उनले भने, 'वैशाख ३१ को स्थानीय निर्वाचनबाट हामीले धरै पाठ सिकेका छौं, अर्को निर्वाचनमा कांग्रेस मकवानपुरमा पहिलो शक्तिका रूपमा स्थापित हुनेछ ।'
साभार : अन्नपूर्ण पोष्ट
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







