Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुरक्षित गर्भपतनको सन्देश फैलाउन संचारमाध्यमको भुमिका महत्वपुर्ण

IMG_5511-1592586178.JPG

५ असार,हेटौँडा । सुरक्षित गर्भपतनमा बृद्धि गराउन र त्यस सम्बन्धी सन्देश फैलाउन संचारमाध्यमको भुमिका महत्वपुर्ण भएको जनाइएको छ ।शुक्रबार हेटौँडामा सुरक्षित गर्भपतन सेवा सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम बोल्दै ओचेन्ड मकवानपुरकी कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले यसो बताएकी हुन  । 
आईपास नेपालको आर्थिक सहयोगमा ओचेन्ड मकवानपुरले संचालन गरेको दुईवर्षे परियोजनाका सन्दर्भमा आयोजित पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमा संस्थाले हाल मकवानपुरको ८ वटा स्थानिय तहमा सेवा दिदै आएको बताउदै सुरक्षित गर्भपतन गराउने महिलाहरु खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको बताइन। 
उनले कार्यक्रममा बोल्दै नेपालमा हाल दैनिक जसो १ घण्टामा २१ जनाको असुरक्षित गर्भपतन गराउने गरेको र मकवानपुरमा हाल १० वटा सुचिकृत स्वास्थ्य संस्था र तीनवटा निजी किल्निकमा यो सेवा निशुल्क उपलब्ध रहेकोमा आर्थीक बर्ष २०७५।७६ मा ८८९ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको, २०७५।७६को अन्तिममा त्यो संख्या १०९९ पुगेको र २०७६।२०७७ बैशाख सम्ममा ९७५ जनाले सुरक्षित गर्भपतनको सेवा लिसकेको अन्तरक्रिया कार्यक्रममा जनाइएको छ । संस्थाले करिब दुई बर्षमा ३४ स्कुलमा स्कूल स्वास्थ्य कार्यक्रम, १७ पटक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम,सडक नाटक र सुरक्षित गर्भपतन सेवा दिवस र महिला स्वास्थ्य स्वंसेविका दिवसमा याली र अन्तरक्रिया कार्यक्रम गर्दै विभिन्न पालिकामा कोरोना सम्बन्धी जनसचेतना समेत फैलाएको सापकोटाले बताइन । 
असुरक्षित गर्भपतनका कारण अझै पनि करिब ७ प्रतिशत मातृ मृत्युदर रहेको,प्रजनन स्वास्थ्यलाई मौलिक अधिकारमा राखे पनि अझै यस सेवाबाट धेरै महिलाहरु बाहिर रहेका छन तसर्थ मिडियाले सर्वसाधारण र नीति निर्माण बीच पुलको भूमिका निर्वाह गर्न सक्ने भएकाले सुरक्षित गर्भपतनका सम्बन्धमा जनचेतना फैलाउन संचारमाध्यम पहरेदार साबित भएको छ – सापकोटाले भनिन् ।    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार