Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

बोर्डिङ मास्टरको बकपत्र

SK-1592641986.jpg

एसके निधन

मालिक!
अस्थाई कोरोना कहरमा
देखिएको तपाईंको स्थायी नियतले
झसङ्ग झस्काएको छ
चुसुक्क चस्किएको छ मन।
-
बर्षौ देखिको
मेरै पसिना प्रेममा हुर्किएका हुन फैलावट-जरा
कट्ठा रोपनी बिघा
माटोले क्षेत्रफल तन्काईरयो
लिजको टारिखेत
निजि बेसिफाटमा रुपान्तरण भयो
र पनि
कहिल्यै घुटुक्क निलिन ईश्र्याको थुक
हेक्का नै राख्न आउदैन थ्यो:
धन्सारमा कति भित्रिन्थ्यो धान
चुपचाप चुपचाप
जोतिरहन्थे खेत र थापिरहन्थे सुक्का ज्याला ।
-
यसपटक
धान भित्र्याएर गहुँ छर्ने बेला थियो
आफैं अर्जापेको फाली मिलाउदै थिए हलोमा
अचानक !
खेती र खेतमा होईन मनमा कोरोना कहर पस्यो
काम रोक्नु ! माथिबाट आदेश आयो
मैले जोत रोके
तपाईंले च्याठ्ठिदै
रित्तो धन्सारको फोटो देखाएर ज्याला रोकिदिनु भो।
-
मालिक !
मेरो ज्याला तपाईंलाई ज्याला मात्रै लाग्ला
मेरो सबथोक त्यही हो:
आमाको औषधि
प्रीयाको फरिया
बाबुनानिको खाना
मेरो खुशी
सबै सबै रोकिएपछि म नरोकिनुको के अर्थ रयो र?
-
भोलिपल्ट एउटा समाचार आउला:
स्वर्गलोकमा अवस्थित
जनता बोर्डिङका एक शिक्षकले गरे आत्महत्या
परिवारको बिचल्ली
समाजसेवी प्रीन्सिपलले उपलब्ध गराए राहत-
२५ किलो चामल
एक बोरा आलु
दुईपोका भटमासको तेल
तीन किलो दाल
रु एघार हजार एघार सय एघार क्रीया खर्च ।

एउटा समाचार


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार