भीमसेन पौडेल
१६ साउन, हेटौडा । सरकारले चुरे क्षेत्रलाई वातावरण संरक्षण ऐन २०५३ बमोजिम वातावरण क्षेत्र घोषणा गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विरोध गरेको जनाएको छ ।
वन ऐन २०४९ को उल्लघन हुने गरी सरकारले संचालन गरेको राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति गठन बारेमा महासंघले शुरु देखिनै विरोध गर्दै आएको छ । स्थानीय उपभोक्ताहरुले परापूर्वकाल देखि नै संरक्षण र उपभोग गर्दै आएको वनलाई राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिले २० वर्षे गुरुयोजना बनाई स्वीकृतीको लागि वन तथा भू– संरक्षण मन्त्रालयमा पेश गरेको छ । महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानद्वारा वितरित प्रेस विज्ञप्तिमा तत्काल उक्त गुरुयोजना खारेज नगरे कडा आन्दोलनमा उत्रने जनाईएको छ ।
स्थानीय उपभोक्ताहरुले आफूहरुलाई आवश्यक पर्ने काठ, दाउरा परापूर्व काल देखिनै उपभोग गर्दै आएको र सो गुरुगोजना तयार गर्दा उपभोक्ताहरु सँग सरसल्लाह नै नगरी एकतर्फी रुपमा गरि सरकारले गैर जिम्मेवारी चरित्र देखाएको आरोप लगाईएको छ । गुरुयोजनाले चुरे क्षेत्रमा पर्ने वनबाट २० वर्ष सम्म कुनै पनि प्रकारको वनपैदावार प्रयोग गर्नमा रोक लगाईएकाले जल, जंगल, जनावर, जडीबुटी, जराजुरी लगायतमा स्थानीय जनताहरको अधिकार माथि ठाडो हस्तक्षेप गरेको बताईएको छ ।
वनमाफियाहरुको मिलेमतोमा सरकारले २० वर्षे गुरुयोजना बनाएको आरोप लगाउदै महासंघले सामुदायिक वन समूहहरुको अधिकारलाई गुरुयोजनाले हस्तक्षेप गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...

















