Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डकर्मी तालिमको अनुगमन

IMG_1128-1495872442.JPG

१३ जेठ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा सञ्चालित ५० दिने ढुङ्गे डकर्मी तालिमको अनुगमन गरिएको छ । हेल्भेटास/सोडेक प्रालि सर्लाही र आवास, पुर्ननिर्माण तथा पुर्नलाभ मञ्च, मकवानपुरले संयुक्त रुपमा  अनुगमन गरेको हो ।

अनुगमन टोलीले बकैया गाउँपालिका ६ श्रीपुर र बकैया–८ स्कुलदमारमा निर्माण भईरहेको घरको अनुगमन तथा छलफल गरिएको थियो भने बकैया–४ अजिंगरे र माझीखोलामा निर्माण भएको घरको अनुगमन गरिएको थियो । ५० दिने तालिमकै क्रममा एउटा १० जनाको समूहले २ वटा घर निर्माण गर्ने गर्दछन् ।

कार्यक्रममा पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय, मकवानपुरका प्रमुख पुष्पराज अधिकारी, भुकम्पीय आवास तथा पुर्ननिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका अनुगमन तथा मुल्याकंन बिशेषज्ञ बिबेक गौतम, आवास, पुर्ननिर्माण तथा पुर्नलाभ मञ्च, मकवानपुरका संयोजक रामहरी अधिकारीको सहभागी थिए ।

त्यस्तै, जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी हुमनाथ शर्मा, सोडेक प्रालिका प्रबन्ध निर्देशक ललन चौधरी, रिसु श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

पुर्ननिर्माण सीप कार्यक्रम अन्तरगत मकवानपुरको साविकको २४ गाबिसका १ हजार ४ सय जनालाई ५० दिने डकर्मी तालिम दिने लक्ष्य हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको छ । जसमध्ये ३० प्रतिशत अर्थात् ४ सय २० महिला अनिबार्य सहभागी गराउने सर्त राखिएको छ ।

हालसम्म सम्पन्न भएको डकर्मी तालिममा ३ सय ६० जनामध्ये १ सय १९ जना महिला सहभागी भईसकेको हेल्भटासका क्लष्टर संयोजक सुकबहादुर चौधरीले जानकारी दिए । ६ सय २० जना सहभागी सञ्चालन भईरहेको तालिममा १ सय ८० जना महिला छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार