१५ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मकवानपुरमा मत बढि बदर भएको पाईएको छ ।
मतदाता शिक्षा निर्वाचन आयोगले खटाएका प्रतिनिधिले प्रभावकारी ढंगबाट मतदाता शिक्षा नदिंदा बदर मत बढेको पाईएको हो । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयम्सेविकाहरुले पोष्टर टाँस्ने काम मात्रै गरेको मतदाताहरुको भनाई छ । यसले गर्दा धेरैले मतदान गर्ने तरिका र बदर हुने अवस्थाबारे जानकारी नभएको हेटौँडा–६ का गौरव पराजुलीले बताए ।
गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखको मत पत्र एउटा र वडाको मतपत्र अर्को बनाउन सकेपनि बदर मत घट्ने शिक्षक भरत सापकोटाको भनाई छ । ६२ हजार ८० मत खसेको हेटौँडा उपमहानगरपालिकामा मेयरमा ७ हजार ५ सय ८२ र उपमेयरमा ११ हजार ९ सय ९५ मत बदर भएको छ । वडा तहमा पनि ४० प्रतिशतसम्म मत बदर भएको पाईएको छ ।
मकवानपुरमा आवश्यक भन्दा बढि चिन्हमा मतदान, खालि मत, घेराभन्दा बाहिर मतदान गर्ने जस्ता कारणले बढि मत बदर भएको सहायक निर्वाचन अधिकृत अनन्त मरासैनीको अनुभव छ । विगतमा भन्दा ल्याप्चे मत भने काम भएको छ ।
पहिलो चरणमा भएको निर्वाचनको मत बदरबाट पाठ सिकेर निर्वाचन आयोगले आगामी निर्वाचनहरुमा प्रमुख, उपप्रमुखका लागि एउटा मत पत्र र वडा तहका लागि अर्को मतपत्र बनाए केही हदसम्म बदर मत घट्ने देखिन्छ ।
यसका साथै मतदाता शिक्षालाई पनि प्रभावकारी ढंगबाट संचालन गर्नुपर्ने देखिन्छ । निर्वाचन आयोगका साथै राजनैतिक दलले पनि मतदाता शिक्षामा सक्रियता देखाएर बदर मत घटाउन तर्फ ध्यान दिनु जरुरी छ ।
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















