Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर १ करोड बढी संक्रमित, एकैदिन साढे ४ हजारको मृत्यु 

odisha-covid-19-158592965-1593307793.jpg

१४ असार, हेटौंडा । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघेको छ।
कोरोना तथ्यांक सार्बजनिक गरिरहेको वेबसाईट वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म संक्रमितको संख्या एक करोड ७५ हजार १ सय १५ पुगेको छ। 
यस्तै कुल संक्रमीत मध्ये ५ लाख ६१ हजार २ सय ६२ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये ५४ लाख ५७ हजार बढी उपचारपछि घर फर्किसकेका छन्।
विश्वभर कोरोना भाइरसबाट एकैदिन ४ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ५ सय ६८ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ। 
अमेरिकामा कोरोना भाइरसका कारण १ लाख २८ हजार १ सय ५२ जनाको ज्यान गएकोे छ भने २५ लाख ९६ हजार ५ सय ३३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
बितेको  चौबिस घण्टामा मात्रै  अमेरिकामा ४३ हजार ५ सय ७७ जना नयाँ संक्रमित थपएिका छन् भने  ५ सय १२ जनाको मृत्यु भएको छ।
अमेरिका पछि ब्राजिलमा भाइरसका कारण ५७ हजार १ सय ३ जनाको ज्यान गएको छ भने, १३ लाख १५ हजार ९ सय ४१ जना संक्रमित बनेका छन्। 
संक्रमितमध्ये ७ लाख १५ हजार ९ सय ५ जना निको भएका छन्। बितेको चौबिस घण्टामा ब्राजिलमा कोरोनाबाट ९ सय ९४ जनाको मृत्यु भएको छ भने ३५ हजार ८ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्।
यस्तै कोरोना संक्रमणको तेस्रो नम्बरमा रहेको रसियामा भाइरसका कारण ८ हजार ९ सय ६९ जनाले ज्यान गुमाएका छन् भने , ६ लाख २७ हजार ६ सय ४६ जना संक्रमित छन्। रसियामा एकैदिन कोरोनाबाट १ सय ८८ जनाको मृृत्यु भएको छ भने ६ हजार ८ सय ५२ नयाँ संक्रमित थपिएका छन्।
कोरोनाबाट  संक्रमित तथा मृत्युदरका हिसाबमा चौथो नम्बरमा रहेको भारतमा कोरोनाबाट १६ हजार १ सय ३ जनाको मृत्यु भएको छ भने, ५ लाख २९ हजार ५ सय ७७ जनामा संक्रमण देखिएको छ। 
बितेको चौबिस घण्टामा भारतमा कोरोनाबाट ४ सय १४ जनाको मृत्यु भएको छ भने २० हजार १ सय ३१ जना नयाँ संक्रमित भेटिएका छन्। 
संक्रमितमध्ये  ३ लाख १० हजार १ सय ४७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।
विश्वभर रहेका कोरोना भाइरसका संक्रमितमध्ये ५७ हजार ७ सय ४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ४० लाख ६३ हजार ४ सय ९० जनाको सामान्य रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार