Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर १ करोड बढी संक्रमित, एकैदिन साढे ४ हजारको मृत्यु 

odisha-covid-19-158592965-1593307793.jpg

१४ असार, हेटौंडा । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघेको छ।
कोरोना तथ्यांक सार्बजनिक गरिरहेको वेबसाईट वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म संक्रमितको संख्या एक करोड ७५ हजार १ सय १५ पुगेको छ। 
यस्तै कुल संक्रमीत मध्ये ५ लाख ६१ हजार २ सय ६२ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये ५४ लाख ५७ हजार बढी उपचारपछि घर फर्किसकेका छन्।
विश्वभर कोरोना भाइरसबाट एकैदिन ४ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ५ सय ६८ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ। 
अमेरिकामा कोरोना भाइरसका कारण १ लाख २८ हजार १ सय ५२ जनाको ज्यान गएकोे छ भने २५ लाख ९६ हजार ५ सय ३३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
बितेको  चौबिस घण्टामा मात्रै  अमेरिकामा ४३ हजार ५ सय ७७ जना नयाँ संक्रमित थपएिका छन् भने  ५ सय १२ जनाको मृत्यु भएको छ।
अमेरिका पछि ब्राजिलमा भाइरसका कारण ५७ हजार १ सय ३ जनाको ज्यान गएको छ भने, १३ लाख १५ हजार ९ सय ४१ जना संक्रमित बनेका छन्। 
संक्रमितमध्ये ७ लाख १५ हजार ९ सय ५ जना निको भएका छन्। बितेको चौबिस घण्टामा ब्राजिलमा कोरोनाबाट ९ सय ९४ जनाको मृत्यु भएको छ भने ३५ हजार ८ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्।
यस्तै कोरोना संक्रमणको तेस्रो नम्बरमा रहेको रसियामा भाइरसका कारण ८ हजार ९ सय ६९ जनाले ज्यान गुमाएका छन् भने , ६ लाख २७ हजार ६ सय ४६ जना संक्रमित छन्। रसियामा एकैदिन कोरोनाबाट १ सय ८८ जनाको मृृत्यु भएको छ भने ६ हजार ८ सय ५२ नयाँ संक्रमित थपिएका छन्।
कोरोनाबाट  संक्रमित तथा मृत्युदरका हिसाबमा चौथो नम्बरमा रहेको भारतमा कोरोनाबाट १६ हजार १ सय ३ जनाको मृत्यु भएको छ भने, ५ लाख २९ हजार ५ सय ७७ जनामा संक्रमण देखिएको छ। 
बितेको चौबिस घण्टामा भारतमा कोरोनाबाट ४ सय १४ जनाको मृत्यु भएको छ भने २० हजार १ सय ३१ जना नयाँ संक्रमित भेटिएका छन्। 
संक्रमितमध्ये  ३ लाख १० हजार १ सय ४७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।
विश्वभर रहेका कोरोना भाइरसका संक्रमितमध्ये ५७ हजार ७ सय ४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ४० लाख ६३ हजार ४ सय ९० जनाको सामान्य रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार