Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसद तमाङ भन्छन्-'मन्त्रीहरूको हैसियत वडा अध्यक्ष भन्दा कम'

20200630_185027-1593522605.jpg

१६ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रभात तमाङले सरकारले ५ लाखसम्म बजेट कार्यकर्ता र वडा अध्यक्ष सम्मलाई बाँड्न भ्याएको र कार्यक्रम पुस्तिकाको पाना संख्या बढाएकोमा धन्यवाद दिंदै व्यंग्य गरेका छन् ।
बिनियोजन विधेयकमाथिको छलफलमा बोल्ने क्रममा उनले रसुवाको जिबजिबेमा ५५ फिटे शिबको मूर्ति निर्माणको लागी आफूले प्रस्ताव गर्दैगर्दा मन्त्रालयले यो पटक मठमन्दिर र मूर्तिलाई बजेट विनियोजन नगर्ने भन्ने मन्त्रीको जबाफ दिएकोमा कार्यक्रम पुस्तिकामा मन्त्रीको निर्वाचन क्षेत्रमा मूर्ति निर्माणको शीर्षकमा बजेट बिनियोजन भएको बताए । उनले नियमले मिलेसम्म मन्त्रीले आफ्नै सालिक निर्माणमा समेत बजेट विनियोजन गर्न पछि नपर्ने भन्दै कटाक्ष गरे ।
रसुवामा रहेको रसुवा जिल्ला अस्पताल र जिबजिबे ग्रामीण अस्पताललाई सरकारले पूर्ण रूपले उपेक्षा गरेको भन्दै रसुवा जिल्ला सामाजिक बिकास मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्छ कि पर्दैन भन्दै प्रश्न गरे । सांसद तमाङले प्रदेश सरकारले गरेको डिपिआरले ३५ करोड अनुमानित लागत रहेको आयोजनामा १ करोड मात्रै  विनियोजन गरेको भन्दै यहि अवस्था आयोजना सम्पन्न गर्न ३५ वर्ष लाग्ने बताए ।
मन्त्रीहरू आफनै वडामा मात्र बढी बजेट विनियोजन गर्नु र ५ लाखसम्मको रकम राख्नुले प्रदेश सरकारको मन्त्रीहरूको हैसियत वडा अध्यक्ष भन्दा कम रहेको पुष्टि भएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार