Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडे

Australia-Rain-768x432-1496469177.jpg

२० जेठ, काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट भएको थियो। उसका लागि कप्तान केन विलियमसनले शतक बनाएका थिए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विलियमसनले ९७ बलमा ८ चौका र ३ छक्काको मद्दतले १ सय रन जोडेका थिए। उनलाई ओपनर लुक रोंचीले ६५ रन र रस टेलरले ४६ रङ बनाएर साथ दिएका थिए। माथिल्लो श्रेणीका ब्याट्सम्यानले राम्रो सुरुवात गरेपनि तल्लो श्रेणीका ब्याट्सम्यान सस्तैमा आउट भएपछि न्युजील्याण्डले राम्रो अन्त्य गर्न सकेन। उसले ३७ रनको अन्तरमा अन्तिम ७ विकेट गुमाएको थियो।

पहिलो पारीको १०औं ओभरमा बर्षाले खेलरोकेपछि खेल ४६ ओभरमा छोट्याइएको थियो। अष्ट्रेलियाका लागि जोस हेजलवुडले ९ ओभरमा ५२ रङ खर्चदै ६ विकेट लिए। जोन हेस्टिङ्सले २ विकेट लिए भने प्याट कमिन्सको नाममा १ विकेट रह्यो।

जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले पुन: वर्षाका कारण खेल रोकिएपछि ३३ ओभरमा २ सय ३५ रनको लक्ष्य पाएको थियो। ओपनर डेविड वार्नरलाइ १८ रनमा गुमाएको अष्ट्रेलियाले राम्रो सुरुवात पाउन सकेन। लगत्तै अर्को ओभरमा आरोन फिन्च ८ रनको स्थितिमा आउट भएपछि अष्ट्रेलिया संकटमा परेको थियो। खेलको नवौं ओभरमा मोसेस हेनरिकेस आउट भएसँगै वर्षा सुरु भएपछि खेल रोकिएको थियो।

तर त्यसपछि वर्ष रोकिएन र खेलमा दुवै टोलीले १/१ अंक बाँडेका थिए।  साभार : हाम्रो खेलकुद


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg