Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शेरबहादुर देउवा बने ४० अौं प्रधानमन्त्री

434852-sher-bahadur-deuba-1496754587.jpg

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको ४० अौं प्रधानमन्त्री बनेका छन् ।

मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकबाट देउवा ४० अौं प्रधानमन्त्री बनेका हुन् । गणतन्त्र नेपालका उनी दशौं प्रधानमन्त्री समेत हुन् । उनी ३ सय ८८ मत ल्याई प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बन्न संसदमा रहेका ५ सय ९३ सांसदको बहुमत अर्थात २ सय ९७ मत अावश्यक थियो । संसदमा मतदानमा ५ सय ५८ सांसद सहभागी भएकोमा देउवाको पक्षमा ३ सय ८८ र विपक्षमा १ सय ७० मत मात्रै परेको छ ।

१२ बर्षमा खोला फर्कन्छ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै उनी १२ बर्ष ४ महिनामा चौथो प्रधानमन्त्री भएका छन् ।

यसअघि अाफुलाई प्रधानमन्त्री बनाईयोस् भन्ने देउवाको प्रस्तावमा माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, सांसदहरू जन्मदेव जोशी र प्रेमबहादुर सिंहले समर्थन गरेका थिए ।

प्रधानमन्त्रीको प्रस्ताव राख्दै गर्दा देउवाले तराई, मधेश, पहाड, हिमाल मिलेको नेपाल बनाउने अाफ्नो उद्धेश्य प्रकट गरेका छन् । प्रधानमन्त्री भएसंगै संसद बैठक कक्षमै सांसदहरूले बधाई दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार