Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

एकैदिन १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किए

2009-03_Kathmandu_10-1595031780.jpg

File Photo

३ साउन, काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका छन्।
कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौँ ल्याएको छ। हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ।
त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौँ ल्याएको छ भने एयर अरेबियाले सारजहाँबाट १६७ यात्रु नेपाल ल्याएको छ । कतार एयरवेजले दोहाबाट दुई नेपाली काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ। हिमालय एयरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ।
शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ ।
(रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार