Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

'ओलीले एक पद छाड्नैपर्छ' : खुमलटार बैठक

P_O-1595244039.jpg

File Photo

५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् । प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी समिति सदस्यहरुसँग पनि यसै विषयमा छलफल गरेका थिए । 
लगत्तै सोमबार बिहान उनले पूर्वमाओवादी केन्द्रतर्फका स्थायी समिति सदस्यहरुसँग झण्डै तीन घण्टा छलफल गरेका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्र देखिएको विवादको समाधान गर्न प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ । ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएको नाताले उहाँले नै निकास दिनुपर्छ र पार्टी एकतालाई पनि बचाउनुपर्छ । त्यसका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्छ भन्ने कुरामा नेताहरु एकमत देखिनुको भएको छ’, ती नेताले रातोपाटीसँग भने, ‘उहाँ ओलीजी प्रतिपक्षजस्तो बन्नुभएन, घुर्की लगाउनुभएन । बैठक नराख्ने र राखेपनि बीचमै छोड्ने त कहिले महाधिवेशनको कुरा ल्याएर समस्या समाधान नभई पन्छाउने प्रयासमा लाग्नुभएको छ । यो प्रवृत्तिले निकास आउँदैन । त्यसैले उहाँले नै निकास दिन जरुरी छ । त्यसमा रोज्ने जिम्मा उहाँलाई छ, बल उहाँकै कोर्टमा छ ।’
नेकपाको स्थायी समिति बैठक मंगलबार बस्दैछ । बैठकअघि रणनीति बनाउन प्रचण्डपक्षका नेताहरुबीच छलफल भएको हो । ‘पार्टी फुट्नु हुँदैन । पार्टी र सरकार दुवै चल्नुपर्छ । त्यसका लागि विधानको पालनमा जोड दिनुपर्छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल भयो’, स्थायी समिति सदस्य लिलामणि पोखरेलको भनाइ छ । 
त्यस्तै पार्टी एकता बलियो बनाउने, एकता प्रक्रियालाई टुंग्याउने र महाधिवेशनबारे बाहिर भएका चर्चा लगायतका विषयमा छलफल भएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । ‘यस्ता छलफल नेताहरुबीच सधैँ हुने गरेका हुन् । अहिलेको अवस्थामा पार्टी एकताको मजवुती र चर्चामा आएको महाधिवेशन लगायतका विषयमा छलफल र कुराकानी भयो’, पौडेलले रातोपाटीसँग भने, ‘यिनै विषयलाई केन्द्रविन्दुमा राखेर सहज र संयमित ढंगले स्थायी समितिमा प्रस्तुत हुन अध्यक्षले आग्रह गर्नुभयो ।’
छलफलमा सहभागी नेताहरुले पछिल्लो पटक सचिवालय बैठकमा प्रस्तावका रुपमा आएको ‘अर्ली महाधिवेहन’ का बारेमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले अर्ली महाधिवेशनका बारेमा सहमति नगरेको प्रस्ट्याएका थिए । 
(रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार