८ साउन,हेटौँडा । हेटौँडा–२ पल्पसा रोडमा मुख्य कार्यालय रहेको दिव्यातारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी उपभोक्ता पसल सञ्चालनमा ल्याएको छ।विशेषगरी महिलाहरुले उत्पादन गरेको सामानको बजारीकरणका उदेश्यका साथ सञ्चानमा ल्याइएको सहकारी उपभोक्ता पसलको बुधबार उदघाटन गरिएको छ । पसलको बुधबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख सचेतक राधा घलेले उद्घाटन गरेकी हुन् ।
सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बागमती प्रदेश प्रमुख सचेतक घले सहित,बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, राप्ती वन कार्यालयका प्रमुख दीर्घनाथ कोइराला, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायण देवकोटा, नेपाली कांग्रेस मकवानपुरका उप–सभापति बिष्णु लामिछाने, राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडाका प्रमुख रामेश्वर अर्याल, बागमती प्रदेशका सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डे, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, हेटौंडा उपमहानगरपालिका–५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष श्याम ढकाल, रेडियो मकवानपुर सञ्चाला समिति अध्यक्ष आनन्दराम पराजुलीलगायतको आतिथ्यता थियो ।
दिव्यताराद्वारा गुरुविर्तामा वृक्षरोपण
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हेटौंडा–१२ गुरुविर्तामा वृक्षरोपण गरेको छ । सहकारीको स्वामित्वमा रहेको जग्गामा बुधबार फलफूलको विरुवा रोपिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख सचेतक राधा घले र सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि घलेले सहकारी उत्पादनमुलक हुन आवश्यक रहेको सुझाव दिइन् ।घलेले नेपाली आत्मनिर्भर भएमा मात्र देशको विकास सम्भव हुने बताइन ।
च्यसैगरी दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले सहकारीले सन्चार, कृषि, व्यवसाय लगायतका कार्य गरिरहेको जानकारी दिँदै अब फलफूल, बाख्रापालन, बीउ उत्पादनलगायतका कार्य गर्ने योजना रहेको बताइन् ।कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडाका प्रमुख रामेश्वर अर्याल, हेटौँडा–१२ का वडाध्यक्ष ललित घलान, राप्ती वन कार्यालयका प्रमुख दीर्घनाथ कोइराला, सहकारीका उपाध्यक्ष डा. गणेश बल लामा, सहकारीका कृृषि विकास कार्यक्रम सदस्य मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत हेम थापा, जिल्ला सहकारी संघ मकवानपुर सचिव दिनेश उपाध्याय, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष श्याम ढकाल, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीलगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)