Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

माक्रोंको पार्टी भारी बहुमततर्फ

3464-(1)-1497268787.jpg

२९ जेठ । फ्रान्समा पहिलो चरणको संसदीय चुनावपछि मतदातामाझ गरिएको जनमत सर्वेक्षणले राष्ट्रपति एमानुएल माक्रोंको पार्टी भारी बहुमतले विजयी हुने देखाएको छ।

राष्ट्रपति माक्रोंको मध्यपन्थी पार्टी ला रिप्युब्लिक आँ मार्शले संसद्को ५५७ मध्ये दुई तिहाई जति सीट जित्ने देखिएको विविसी नेपाली सेवाको समाचारमा उल्लेख छ । सोसियालिस्ट पार्टीले ठूलो क्षति बेहोर्नु परिरहेको छ। सो पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका बेन्वा आमों र पार्टीका नेता दुवैजनाले हार बेहोरेका छन्। ९७ प्रतिशत मत गणना भइसक्दा राष्ट्रपति माक्रोंको पार्टी ला रिप्युब्लिक आँ मार्शले ३२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।

मध्य दक्षिणपन्थी रिपब्लिकन्सले १६ प्रतिशत मत हासिल गरेको छ भने यसअघिको सत्तारुढ सोसियालिस्ट पार्टीले जम्मा ७ दशमलव ३ प्रतिशत मत ल्याएको छ। चरम दक्षिणपन्थी न्याशनल फ्रन्टले १३ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको छ। प्यारिसस्थित एकजना बीबीसी संवाददाताले राष्ट्रपति माक्रोंका लागि यो असाधारण उपलब्धि भएकोमा कुनै विवाद हुन नसक्ने बताएका छन्।

तस्विर : द गार्जियन


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार