Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नयाँ शक्तिले स्थापना दिवस मनायो

19184038_1138369302936276-1497345707.jpg

३० जेठ, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले प्रथम पार्टी स्थापना दिवस मनाएको छ । पार्टीले मंगलबार हेटौंडा–४ हुप्रचौरमा रहेको पार्टी कार्यालय परिषरमा केक काटेर शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाएको हो ।

पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिं स्याङ्तान ‘विजय’ले केक काटेर सबैलाई खुवाएका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य स्याङ्तानले नयाँ शक्तिले स्थापनाको एक वर्षको अवधिमा आफ्नो विचार र सिद्धान्त जनतामाझ पुर्‍याउन सफल भएको बताए ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक समृद्धि र स्वाधिनतासहितको मुद्दा लिएर वैकल्पिक पार्टीको रुपमा नयाँ शक्ति उदाएको भन्दै स्याङ्तानले अबको केही वर्षभित्र देशकै ठूलो पार्टी बन्नेमा विश्वास व्यक्त गरे । ‘अरु पार्टीहरु भन्दा पृथक कार्ययोजना बनाएर हामी आएका हौं, एक वर्षको बीचमा हामीले हाम्रा नीति र सिद्धान्तहरु जनतामाझ पुर्‍याउन सकेका छौं,’ उनले भने–‘सांगठनिक दरिलो बन्नको लागि हामीले अझ धेरै मेहनत गर्न बाँकी नै छ ।’

कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सचिव राजेन्द्र सिम्खडा, जिल्ला कार्यकारी समिति सदस्य प्रकाश मैनाली, इजहार आलम, प्रकाश थोकर, तुफान विक्रम क्षेत्री ‘दीपशक्ति’लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार