१ असार, हेटौँडा । नेपालमा लागुऔषध प्रयोगका दृष्टिकोणले मकवानपुर देशमै १० औं स्थानमा रहेको छ । गृहमन्त्रालय लागुऔषध नियन्त्रण कार्यक्रमले विहिबार हेटौँडामा गरेको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
मन्त्रालयका सहसचिव केदार न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै लागुऔषध प्रयोगकर्ताको दृष्टिकोणले मकवानपुर देशको १० औं नम्बरमा पर्ने बताए । उनका अनुसार सबैभन्दा बढि लागुऔषध प्रयोगकर्ता राजधानी काठमाण्डौंमा छन् । काठमाण्डौंमा ४ बर्ष अघिको तथ्यांक अनुसार ३७ हजार प्रयोगकर्ता रहेका छन् । त्यसैगरी, दोस्रोमा सुनसरी, तेस्रोमा कास्की, चौथोमा मोरङ, पाँचोमा झापा, छैठौंमा रुपन्देही, सातौंमा चितवन, आठौंमा बाँके र नवौंमा पर्सा रहेको छ ।
तथ्यांक अनुसार नेपालमा अहिले करिव एक लाख लागुऔषध दुव्र्यसनी रहेको र बर्षेनी ११.३ प्रतिशतका दरले बृद्धि हुने गरेको छ । लागुऔषध प्रयोगकर्तामध्ये ५७ प्रतिशत २० देखि २४ बर्ष उमेर समूहका रहेको सहसचिव न्यौपानेले बताए ।
कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले मकवानपुरमा ६ सय १० जना लागुऔषध सेवनकर्ता पक्राउ गरेको बताए । उनले पक्राउ परेकामध्ये १सय ५ जनालाई कारवाही गरेको, २७ जनालाई परामर्शसहित पुर्नस्थापनको लागि पठाएको र ४ सय ७८ जनालाई परामर्शसहित अभियानवको जिम्मा लगाएको बताए । लागुऔषध प्रयोगकर्तामध्ये ५० प्रतिशत साथीहरुको लहलहैमा लागेर लतमा फसेको पाइएको छ ।
उनले लागुऔषध प्रयोग र उत्पादन नियन्त्रणका लागि प्रहरीको पहुँचको व्यवस्था गरिनुपर्ने, कृषि बजारको व्यवस्था हुनुपर्ने, चेतना अभिबृद्धिका कार्यmम संचालन गरिनुपर्ने, ग्रामिण भेगमा यातायातको सुविधा हुनुपर्ने, राजनैतिक प्रतिवद्धता आवशयक, प्रहरीको नियमित उपस्थिति एवं कारवाही र आयआर्जनको अन्य विकल्पको व्यवस्था गरिनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमा सहभागीहरुले मकवानपुरका गाँजा उत्पादन हुने क्षेत्रमा बैकल्पिक खेतिका लागि प्रोत्साहन गर्न पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सांसद राजाराम स्यांतान, क्षेत्रीय प्रशासक शंकर कोइराला, प्रहरी नायव महानिरीक्षक गणेश केसी, पत्रकार प्रताप विष्ट, राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल, मनहरी गाउँपालिका उपप्रमुख मनिला विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, शिक्षक, सुरक्षा निकाय र प्रशासन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


