Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लागुऔषध प्रयोगमा मकवानपुर ‘टप टेन’

1-Photo-1497520085.jpg

१ असार, हेटौँडा । नेपालमा लागुऔषध प्रयोगका दृष्टिकोणले मकवानपुर देशमै १० औं स्थानमा रहेको छ । गृहमन्त्रालय लागुऔषध नियन्त्रण कार्यक्रमले विहिबार हेटौँडामा गरेको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । 
मन्त्रालयका सहसचिव केदार न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै लागुऔषध प्रयोगकर्ताको दृष्टिकोणले मकवानपुर देशको १० औं नम्बरमा पर्ने बताए । उनका अनुसार सबैभन्दा बढि लागुऔषध प्रयोगकर्ता राजधानी काठमाण्डौंमा छन् । काठमाण्डौंमा ४ बर्ष अघिको तथ्यांक अनुसार ३७ हजार प्रयोगकर्ता रहेका छन् । त्यसैगरी, दोस्रोमा सुनसरी, तेस्रोमा कास्की, चौथोमा मोरङ, पाँचोमा झापा, छैठौंमा रुपन्देही, सातौंमा चितवन, आठौंमा बाँके र नवौंमा पर्सा रहेको छ । 
तथ्यांक अनुसार नेपालमा अहिले करिव एक लाख लागुऔषध दुव्र्यसनी रहेको र बर्षेनी ११.३ प्रतिशतका दरले बृद्धि हुने गरेको छ । लागुऔषध प्रयोगकर्तामध्ये ५७ प्रतिशत २० देखि २४ बर्ष उमेर समूहका रहेको सहसचिव न्यौपानेले बताए ।
कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले मकवानपुरमा ६ सय १० जना लागुऔषध सेवनकर्ता पक्राउ गरेको बताए । उनले पक्राउ परेकामध्ये १सय ५ जनालाई कारवाही गरेको, २७ जनालाई परामर्शसहित पुर्नस्थापनको लागि पठाएको र ४ सय ७८ जनालाई परामर्शसहित अभियानवको जिम्मा लगाएको बताए । लागुऔषध प्रयोगकर्तामध्ये ५० प्रतिशत साथीहरुको लहलहैमा लागेर लतमा फसेको पाइएको छ । 
उनले लागुऔषध प्रयोग र उत्पादन नियन्त्रणका लागि प्रहरीको पहुँचको व्यवस्था गरिनुपर्ने, कृषि बजारको व्यवस्था हुनुपर्ने, चेतना अभिबृद्धिका कार्यmम संचालन गरिनुपर्ने, ग्रामिण भेगमा यातायातको सुविधा हुनुपर्ने, राजनैतिक प्रतिवद्धता आवशयक, प्रहरीको नियमित उपस्थिति एवं कारवाही र आयआर्जनको अन्य विकल्पको व्यवस्था गरिनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमा सहभागीहरुले मकवानपुरका गाँजा उत्पादन हुने क्षेत्रमा बैकल्पिक खेतिका लागि प्रोत्साहन गर्न पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सांसद राजाराम स्यांतान, क्षेत्रीय प्रशासक शंकर कोइराला, प्रहरी नायव महानिरीक्षक गणेश केसी, पत्रकार प्रताप विष्ट, राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल, मनहरी गाउँपालिका उपप्रमुख मनिला विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, शिक्षक, सुरक्षा निकाय र प्रशासन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

6-1497520085.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार